२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’

२०७८, ३ श्रावण आईतवार १०:१५

साउन ३, वाग्मती (रासस) । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष  उपलब्धि मूलक  रहेको बताउनुभएको छ । रासससँग कुराकानी गर्दै  उहाँले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिनुभयो ।

“आव २०७७/०७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालू खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कूल प्रगति ७३ प्रतिशत रह्यो”, उहाँले भन्नुभयो ।

उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्चतर्फको प्रगति ८०.३१ प्रतिशत र चालू खर्चतर्फको प्रगति ७७.६८ गरी कुल प्रगति ८०.२० प्रतिशत हुन आएको जनाउँदै कोभिड महामारीका कारण सिर्जित विषम परिस्थितिका बाबजुद पनि कर्मचारी तथ सबै क्षेत्रबाट प्राप्त भएको सहयोगका लागि आभार प्रकट गर्नुभयो । 

उहाँले राजस्व भुक्तानीमा विद्युतीय प्रणाली अपनाउने सजिला छोटा मार्ग निर्माणका लागि सुरुङ निर्माणका योजना बनाउँदै सुरुङ युगमा प्रवेश गर्ने, पूर्ण उज्यालो वाग्मती प्रदेश बनाउने, हरित वाग्मती प्रदेश निर्माण गर्ने, विद्युतीय बससहितको प्रदेश बनाउने, प्रदेश चक्रपथ निर्माण गर्ने, काठमाडौँ उपत्यका काँठ चक्रपथ निर्माण गर्ने, सौन्दर्यकरणसहितको सम्पदामैत्री विकास गर्ने, हरित विकास र हरित अर्थतन्त्र निर्माणको भौतिक संरचना बनाउने, कोभिड महामारीबाट जोगाउँदै उत्पादन र रोजगार सिर्जना गर्ने सरकारको अवधारणा रहेको बताउनुभयो । 

“हामी ती अवधारणाको कार्यान्वयनको चरणमा छौँ, परिणाम विस्तारै देखिँदै जानेछन्, भोलिका पुस्ताले वा हाम्रा पुर्खा भन्नेछन्”, उहाँले भन्नुभयो । मन्त्री फुयाँलले सरकारले हाल प्राप्त गरेको सफलता सोच, सङ्गठन, कडा परिश्रमपछिको परिणाम र उपलब्धि भएको उल्लेख गर्दै अवरोध अझै पनि जारी रहेको र काम पनि जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ