Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सेती नदीको खोँचमा युवतीको शव

By साझासवाल

<p>&nbsp;साउन ११, गण्डकी (रासस) । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खाँेचमा एक युवतीको शव भेटिएको छ ।</p><p>प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५। ३० वर्षीया युवतीको शव भेटिएको हो ।</p><p>उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।</p>