२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

२०७८, १८ श्रावण सोमबार ०२:०५

साउन १८, काठमाडौं  । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो ब हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो ।

गौतमबुद्ध विमानस्थलका सबै प्रक्रिया पूरा गरेर ६ महीनाभित्र सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । अहिले विमानस्थलको भौतिक प्रगति ९७ दशमलव ३३ प्रतिशत पुगेसँगै क्यालिब्रेशन फ्लाइटको तयारी गरिएको छ ।

क्यालिब्रेशन फ्लाइट ९उडान० रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषयहरू पत्ता लगाउन गरिन्छ ।

क्यालिब्रेशन उडान गर्ने कम्पनीले प्रतिवेदन पनि दिनुपर्छ । यस्तो उडानमा कुनै समस्या तथा कमजोरी भएमा सुधार गरेपछि मात्रै परीक्षण उडान हुन्छ । काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै अन्य विमानस्थलहरूमा पनि २र३ वर्षको अन्तरालमा केलिब्रेशन फ्लाइट गर्दै आएको उनले बताए ।

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाइल्यान्डको ‘एरो थाइ कम्पनी’सँग सहमति भए पनि कोरोना भाइरस ९कोभिड–१९०का कारण केही ढिलाइ भएको क्षत्रीले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई