२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्चीको भेलमा मिसियो आँसु

२०७८, १८ श्रावण सोमबार ०३:२२

साउन १८, काठमाडौं । मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला।

निकै मिहिनेत गरेर २० वर्षअघि बनाएको उनको घरलाई भूकम्पले पनि ढाल्न सकेको थिएन। तर, बाढीले जगदेखि पकलक्क उखेलिएर एकतर्फी ढल्किएको छ दुईतले ढलान घर। त्यही घरको मूल ढोकामै अडेस लागेर बसेको भेटिइन् नाजु। 

बाढीले घर मात्रै होइन, त्यही वरपर रहेको खेतबारी पनि बगायो। गाउँका दिदीबहिनी भेट हुँदा होस् वा अरू कोही, बाढीका कुरा निस्किनासाथ उनी भक्कानिन्छिन्।

उनको परिवार घरभन्दा माथि रहेको अस्थायी टहरामा आश्रय लिएर बसिरहेको छ। परिवारमा श्रीमान्, दुई छोरा, बुहारी र नातिहरू छन्। हेलम्बु गाउँपालिका–२ गणेश बगरकी उनले पोहोर मात्र २४ लाख ऋण लिएर खेत किनेकी थिइन्। त्यही खेत पनि बाढीले बगायो।

हजुरबाकै पालादेखिको ५० मुरी धान फल्ने खेत पनि बगेपछि सम्पत्तिका नाममा केही बाँकी रहेन। छोराहरू खेतीपातीसँगै ट्राउट माछापालन गर्थे। तर, त्यो पनि बाढीले डुबायो। उनी त्यस दिन छोरीको रोपाइँमा गएकी थिइन्। अपराह्न ४ बजेदेखि खोलाको सतह बढ्न थालेको महसुस गरिन्।

रोपाइँ सकिएर नुहाउन जाँदा खोला धमिलिइसकेको थियो। आफूले किनेको खेतछेउ पो खोला आइपुग्यो कि भन्ने भयो। छोरालाई हेर्न पठाउँदा जान मानेनन्। उनका श्रीमान् र छोराहरू माछा पालेको ठाउँमा कुलो भत्कियो भन्दै उतै लागे।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ