साउन ३१, मोरङ । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । 

मालपोत अधिकृत गौतम राज अमात्यका अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, मोरङ । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । 

मालपोत अधिकृत गौतम राज अमात्यका अन"/>

2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

साउन ३१, मोरङ । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । 

मालपोत अधिकृत गौतम राज अमात्यका अनुसार गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरबाट १० हजार ३१५ महिलाको नाममा जग्गा रजिस्ट्रेसन भएका छन् । त्यस अवधिमा जम्मा २५ हजार ९९० जग्गा दर्ता भएका थिए । ती जग्गा दर्ताबाट रु ३३ करोड ४३ लाख ९६ हजार ७१ राजस्व सङ्कलन भएको छ । 

महिलाको नाममा दर्ता भएका जग्गामध्येबाट रु पाँच करोड ३९ लाख, ५६ हजार ६८३ राजस्व छुट पाएका छन् । आव २०७१÷०७२ सालमा ३१ हजार १७९ जग्गा दर्ता भएका छन् । दर्ता भएका जग्गामध्येबाट १२ हजार ७२८ महिलाको नाममा रजिस्ट्रेसन भएका छन् । 

युवा पत्रकारिता पुरस्कार खतिवडालाई 

प्रत्येक वर्ष प्रदान गरिँदै आएको केशवराज दाहाल युवा पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार महाप्रसाद खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ । 

आइतबार बेलुका बसेको श्रीप्रसाद–दिव्यराज दाहाल स्मृति कोष पुरस्कार छनोट समितिले एक दशकदेखि विराटनगरलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका खतिवडालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

पुरस्कारको राशि यस वर्षदेखि बढाएर रु १५ हजार ५५५ पु¥याइएको छ । खतिवडा कान्तिपुर टेलिभिजन विराटनगर संवाददाता हुनुहुन्छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई