सर्लाहीमा फुटबल खेलाडी बोकेको पिकअप भ्यान दुर्घटना, एकको मृत्यु, २५ जना घाइते

साझासवाल
1 Min Read

<p>साउन २२, मलङ्गवा (रासस) सर्लाहीको । लालबन्दीमा आज&nbsp; पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।</p><p>फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै&nbsp; परवानिपुरतर्फ हिँडेको&nbsp; भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हँुदा&nbsp; लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।</p><p>दाहालको उपचारका क्रममा नमुना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगञ्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।</p><p>सामान्य घाइते २२ जनाको लालबन्दीको गढीमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको र धमाधम डिस्चार्ज भइरहेका प्रहरी निरीक्षक थापाले बताउनुभयो । दुर्घटनापछि पिकअपका चालक फरार छन् ।</p>

Leave a Comment

Leave a Reply