Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिरोमा परि ४ जना बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, रसुवा (रासस)। घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।

गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो ।

बेपत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।