२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड आउन थाले तीर्थयात्री

२०७८, ३ भाद्र बिहीबार ०७:१३

ज्ञानेन्द्र न्यौपाने। भदौ ३, रसुवा (रासस)। जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ । 

बर्सेनि १० हजारभन्दा बढी भक्तजनले स्नान गर्ने तीर्थस्थल खुला राख्दा कोरोना सङ्क्रमण झन बढ्नसक्ने भएकाले चिकित्सकसमेतको परामर्शमा यस वर्ष विषेश मेला स्थगन गर्ने निर्णय गरिएको हो ।सङ्क्रमणका कारण फाट्टफुट्ट भक्तजन मास्क लगाएर सजगता अपनाउँदै गोसाइँकुण्ड जाने क्रम जारी रहेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो ।

भदौ २ गतेको पुत्रदा एकादशीदेखि ६ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमा विशेष मेला आयोजना गरिने परम्परा छ ।  रसुवालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढिरहेका कारण यस वर्षको मेला स्थगन गर्नुपरेको हो भन्दै  समिति अध्यक्ष सञ्जीव डिएमले भदौ ६ गतेको विशेष पूजाका लागि भने केही   पुरोहित पठाएर निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा  मेला स्थगन गरिएको हो भन्दै उहाँले  संस्थागतरूपले यात्रुलाई दिइँदै आएको सेवा सुविधामा कुनै कमी हुन नदिने  स्पष्ट पार्नुभयो । गङ्गा दशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्ने लाग्ने गर्दथ्यो । कोभिड–१९ सङ्क्रमणको पहिलो चरणमै पनि मेला स्थगन गरिएको थियो ।

देवादिदेव महादेव बिराजमान रहनुभएको पवित्र तीर्थस्थल जनैपूर्णिमाका दिन विभिन्न शक्तिपीठमा रहेका  साढे तीन करोडभन्दा बढी देवदेवताको पनि सहभागिता रहने भएकाले सो दिन गरेको पूजाआजा  सबै देवतालाई पनि  हुने र आफ्नो मनोकाङ्क्षा पनि पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

समुन्द मन्थन गर्दा निस्केको कालकुट विष निलेर प्राणी जगत्लाई बचाउनु हुने शङ्कर भगवान् बिराजमान रहनुभएको उक्त पवित्र कुण्डमा एकपटक भए पनि पुग्नैपर्ने मान्यता रहेको छ ।स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले कोरोना सङ्क्रमण मत्थर भएपछि यस तीर्थस्थलमा जाने सोचलाई शिरोधार्य गर्न आग्रह गर्दै नजिकिँदै गरेको जनैपूर्णिमामा कुण्ड जाने मनस्थिति बनाइसकेका भक्तजनले घर नजिकका जलासयमा ‘हरहर महादेव’ भनी प्रार्थना गरेर स्नान गर्दा पनि तीर्थ पुगेसरह पुण्य मिल्ने सुझाव दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ