गौरव पोखरेल | साउन ३२, झापा । स्क्रब टाइफस रोगको सङ्क्रमण पूर्वी जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट पूर्वको सङ्खुवासभा र भोजपुरमा दुई जनाको त मृत्यु भइस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल | साउन ३२, झापा । स्क्रब टाइफस रोगको सङ्क्रमण पूर्वी जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट पूर्वको सङ्खुवासभा र भोजपुरमा दुई जनाको त मृत्यु भइस"/>
2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वी जिल्लाहरुमा स्क्रप टाइफसको जोखिम उच्च, सचेत रहन चिकित्सकहरुको आग्रह

गौरव पोखरेल | साउन ३२, झापा । स्क्रब टाइफस रोगको सङ्क्रमण पूर्वी जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट पूर्वको सङ्खुवासभा र भोजपुरमा दुई जनाको त मृत्यु भइसकेको छ ।
चिकित्सकहरुले झापामा पनि यो रोगको सङ्क्रमण उत्तिकै जोखिममा रहेको बताएका छन् । तर, हालसम्म स्क्रब टाइफसबाट सङ्क्रमित विरामी जिल्लाका कुनै स्वास्थ्य कार्यालयमा देखिएका छैनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका डाक्टर दुर्योधन यादव भन्छन्, ‘झापा पनि यो रोग सङ्क्रमणको उच्च जोखिममा छ ।’

स्क्रब टाइफसको प्रकोपबाट बच्न सबैलाई सचेत रहन उनले आग्रह गरे । ‘यो रोग रिकेटसिया नामक सूक्ष्म ब्याक्टेरियाबाट सर्छ’, उनले भने, ‘मुसा, छुचुन्ऽो लगायतका जीवहरुमा पनि यो ब्याक्टेरिया भेटिन्छ ।’

विशेषतः गर्मी मौसममा देखा पर्ने यो रोगबाट बच्न सर्वसाधारणलाई सुझाव दिँदै उनले भने, ‘घर वरिपरी सफा राख्नु पर्छ । साथै, मुसा, किर्नालाई नियन्त्रण गरी शरीर पूरै ढाकिने खालको कपडा लगाउनु पर्छ ।’ उनले यो रोगको बारेमा पूर्व जानकारी राख्न समेत सर्वसाधारणलाई आग्रह गरे ।

लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता यो रोगका लक्ष्यण हुन् । साथै, यो रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिन्छ । पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने चिकित्सकहरुको भनाइ छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष नेपालमा यो रोगका कारण ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, ८४ जना सङ्क्रमित भएका थिए । यो वर्ष पनि यो रोगको संक्रमण फैलिन शुरु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले यदी कसैलाई यो रोगको लक्षण देखा परे तुरुन्त नजिकैको अस्पतालमा गइ चिकित्सकको सुझाव लिन आग्रह गरेको छ । रगतमा एन्टिजेनको जाँच गरेपछि यो रोगको सङ्क्रमण देखा परेको हो कि होइन थाहा हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार यो रोग लागेको पुष्टि भएमा नियमित औषधि सेवन गर्दा निको हुन्छ । डाक्टरहरु भन्छन्, ‘यो रोग लागेपछि पूरा डोजको एन्टिबायोटिक प्रयोग गर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई