२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिन अगावै

२०७८, १० भाद्र बिहीबार १०:४४

भदौ १०, गलकोट (रासस) । बागलुङमा पछिल्लो समय बाढीपहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ । बागलुङ नगरपालिकाका इञ्जिनीयर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दुई/दुई दिनका बिचमा जिल्लाको मौसमसम्बन्धी जानकारी पठाउँदै आएको छ । 

उहाँले विभिन्न फेसबुक पेजमार्फत मौसमका जानकारी नागरिकलाई जानकारी गराउँदै आउनुभएको छ । उहाँले उच्च जोखिममा मौसम पूर्वानुमान हुँदा वडा तहको विपद् समितिलाईसमेत जानकारी गराउँदै आएको बताउनुहुन्छ ।  पूर्व जानकारीले मानवीय तथा भौतिक क्षतिमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो एक महिनादेखि बागलुङ, ढोरपाटन, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाको मौसमसम्बन्धी जानकारी विभागले दिँदै आएको र  नागरिकलाई सूचना जारी गर्न फेसबुकमार्फत आफूले जानकारी दिँदै आएको इञ्जिनीयर शर्माको भनाइ छ । 

आजको मौसमी प्रभावका आधारमा आगामी दुई दिनसम्मको मौसमसम्बन्धी जानकारी उपलब्ध गराइने र मौसम विभागलेसमेत जोखिम तालिकाका अनुसार नागरिकलाई सचेत गराउँदै आएको छ । 

मौसम पूर्वानुमान महाशाखाले इञ्जिनीयर शर्मालाई आवश्यक तालिम प्रदान गरे पश्चात् मौसमसम्बन्धी जानकारी दिन थालेको हो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा झरी पर्दा मात्रामा मानवीय तथा भौतिक क्षति पुग्ने भएकाले यसलाई कम गर्न पूर्व जानकारी दिन थालिएको हो ।  

“मौसमसम्बन्धी जानकारीले मानवीय तथा भौतिक क्षतिलाई कम गर्छ, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइन्छ, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता ठूला सडकमा पहिरो खस्न सक्ने भएकाले पानी परेको अवस्थामा सकभर यात्रा नगर्न सुझाव दिइन्छ” उहाँले भन्नुभयो,“आज जिल्लामा भएको मौसमका आधारमा दुई दिनको मौसमी पूर्वानुमान गर्न सकिने प्रविधिका कारण जिल्लामा केही समययता सूचना दिन थालिएको छ, ठूला बाढीपहिरो आउन सक्ने विवरण भएमा वडा तहको विपद् समिति, प्रहरीलगायतलाई खबर गरी नागरिकलाई सचेत र सुरक्षित गर्न पहल र समन्वय गरिनेछ ।” 

नगरपालिकाको विपद् व्यवस्थापन स्रोत व्यक्तिसमेत रहनुभएका उहाँले चार पालिकाको मौसमी अनुमानले जिल्लाभर काम गर्ने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले चार पालिकालाई नै दुई दिन अगावै मौसमसम्बन्धी जानकारी दिँदै आएको छ । 

प्रभावमा आधारित मौसमी विवरणमा दुई दिनको अवधीमा मौसममा आएको प्रभावका कारण हुने अति न्यून,  मध्यम र उच्च जोखिम देखाउने गरेको छ । जानकारीमा पानी पर्ने, नपर्ने, कम तथा बढी पर्ने, चट््याङको सम्भावनासमेत देखाउने गरेको छ । मौसमी विवरणमा सम्भावित घटना उल्लेख गरेकाले पूर्वानुमान प्रभावकारी बन्ने मौसम पूर्वानुमान महाखाको भनाइ छ । 

ढुङ्गा खस्न सक्ने, सडक अवरुद्ध हुनसक्ने, खहरेखोला बढेर क्षति गर्न सक्ने, विद्युतीय पोल ढल्न सक्ने, विद्युत् तथा इन्टरनेट अवरुद्ध हुनसक्ने, मध्यपहाडी र करिडोर अवरुद्ध हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै