पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १६, दमौली (रासस)। तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।

स्थानीयवासीले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो । प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधारी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।