साउन ३२, बागलुङ । यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ । 

स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, बागलुङ । यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ । 

स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनु"/>

2026-07-04 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बाढीले अट्ठाइस सय रोपनी खेत बगायो

साउन ३२, बागलुङ । यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ । 

स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनुभयो । निशी, देवीस्थान र बोहरागाउँमा २०० रोपनी खेत बगरमा परिणत भएको छ । भीमगिठे, ग्वालीचौर, रेश, बोङ्गादोभानलगायतका गाविसमा बाढीले खेत बगाएको हो । 

बाढीका कारण धानखेती नष्ट भएको छ । खेतीयोग्य जमिन नै बाढीले कटान गरेपछि किसान चिन्तित बनेका छन् । घरबास गुमाउने परिवारको सङ्ख्या १२३ रहेको छ । “सबै जमिन बगरमा परिणत भएको छ,” अधिकारीचौरकी पवित्रा बुढाले भन्नुभयो । 

अधिकारीचौरको छालहाल्ने, दोगाडी र चामेद्वारका ६७ घरमा बाढीले अत्यधिक क्षति पु¥याएको छ । कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउन क्षतिको विवरण सङ्कलन गरी मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयबाट आउने कार्यक्रमअनुसार राहत र क्षतिपूर्तिका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । 

बाढी प्रभावितका लागि प्रारम्भिक चरणको राहत जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । सरकारी, गैरसरकारी क्षेत्रबाट राहत सङ्कलन र वितरणको कार्य चलिरहेको छ । बागलुङमा कुल ४६ हजार हेक्टर जमिनमध्ये ३० हजार हेक्टर खेतीयोग्य रहेको तथ्याङ्क छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो