ज्ञानेन्द्र न्यौपाने, साउन ३२, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा विराजमान शङ्कर भगवान्को दर्शनार्थ पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ हजार श्रद्धालु भक्तजन सहभागी हुन्छन् । 

पौराणिक कथनअ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ज्ञानेन्द्र न्यौपाने, साउन ३२, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा विराजमान शङ्कर भगवान्को दर्शनार्थ पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ हजार श्रद्धालु भक्तजन सहभागी हुन्छन् । 

पौराणिक कथनअ"/>

2026-07-04 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड आउने तीर्थालु बढे

ज्ञानेन्द्र न्यौपाने, साउन ३२, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा विराजमान शङ्कर भगवान्को दर्शनार्थ पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ हजार श्रद्धालु भक्तजन सहभागी हुन्छन् । 

पौराणिक कथनअनुसार समुद्र मन्थन गर्दा कालकुट विष निस्केको र समुद्रमा निस्केको विष छोडिदिँदा सम्पूर्ण चराचर प्राणी जगत् नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि भगवान् शङ्करले त्यो विषपान गरी घाँटीमै राखेर प्राणी जगत्को रक्षा गर्नुभएको धार्मिक विश्वास रहिआएको छ । 

विष सेवनपछि उहाँले शीतल ठाउँ र पानीको खोजीमा भौँतारिँदै रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं ६ को उच्च भागमा पुगेर विश्राम लिनुभएको धार्मिक विश्वास छ । त्यसैले उहाँको दर्शनार्थ हरेक वर्ष जनैपूर्णिमाको र गङ्गा दशहरा पर्वको अवसरमा गोसाइँकुण्ड पुगी नीलकण्ठ दहमा स्नान र पूजा आराधना गर्ने परम्परा रहिआएको छ । गत वर्ष भूकम्पका कारण बाटोहरु असहज हुँदा धार्मिक क्षेत्रमा कम भक्तजन गएतापनि यस वर्ष भीड ह्वात्तै बढेको छ । यात्रुको खाने बस्ने व्यवस्थाका लागि यस क्षेत्रका व्यवसायी अहोरात्र धार्मिक मार्गमा खटिरहेका छन् । 

भगवान् शङ्कर (गोसाइँबाबा) विराजमान रहनुभएको पौराणिक धार्मिक कुण्डमा पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा भई धनधान्य हुने जनविश्वासअनुरुप श्रद्धालुहरु काठमाडौँको बालाजु बसपार्क हुँदै रानीवन, रानीपौवा, पीपलटार, बट्टार, थाङ्कोट, गल्छी, देवीघाट हुँदै दुई मार्गबाट त्रिशूलीको ढुङ्गे, उत्तरगया बेत्रावती, ऐतिहासिक कालिकास्थान, गोम्बुडाँडा, राम्चे, ग्राङ, ठाडे, धुन्चेसम्म मोटरमा र धुन्चेबाट चन्दनबारी, लौरिविनायक तेरसो ककरो भिर हुँदै भक्तजन निलाद्री पर्वतको पौराणिक धार्मिक गोसाइँकुण्ड पुग्ने गर्छन् । 

चार धाममध्ये एक मानिने गोसाइँकुण्डको ठूलो धार्मिक मेला यस वर्ष साउन ३० गते पुत्रदा एकादशीदेखि भदौ २ गते ऋषितर्पणी रक्षा बन्धन को दिनसम्म सञ्चालन हुनेछ र सो अवधिमा भक्तजनको ओहोरदोहोर भइरहन्छ । पूर्णिमाको दिन पितृतर्पण गर्नाले दिवङ्गत पुर्खाको आत्मालाई शान्ति मिल्ने र भूतप्रेत पिशाचको भय नहुने विश्वाससमेत रहिआएको छ । 

धुन्चे र स्याफ्रुको तिवारी बगरदेखि गोसाइँकुण्डसम्म उकालो बाटो हिँड्दा स्याँस्याँ गर्दै थकित भएर कुण्ड पुगिन्छ र केहीबेरको विश्रामपछि पौराणिक धार्मिक कुण्डमा डुबुल्की मारेसँग थकान मेटिएर मन चङ्गा हुन्छ । 

गोसाइँकुण्डमा दह बन्नुपूर्व कुण्डको उत्तरतर्फ शङ्कर भगवान्ले त्रिशूल प्रहार गरी उत्पत्ति गराउनुभएको तीन धारामा र कुण्ड तथा मानव निर्मित मन्दिरसमेतमा धूप, बत्ती, जौ तिल, जट्टावाला नरिवल, श्रीखण्ड वा केशरी, गाईको घ्यू, बेलपत्र, सस्र्यूं, वसाहा, दियोजस्ता सामग्री चढाई पूजा गर्नाले जानेर वा अन्जानमा गरेका सबै पाप नष्ट भई नयाँ सोच पलाउने मान्यता रहिआएको छ । जिन्दगीमा एकपटक भए पनि कुण्ड पुग्नैपर्ने जनविश्वास छ । 

बेत्रावती उत्तरगया घाटमा दाह्री केश मुण्डन, गङ्गा पूजन र पितृ तर्पणपछि गोसाइँकुण्डको यात्रा अगाडि बढ्छ । भक्तजनले कुण्डमा पुगेपछि स्नान गर्ने र कुण्डको परिक्रमा गर्ने र सके सात नसके एक पटक भए पनि साथीलाई हात समाउन लगाई कुण्डमा डुबुल्की लगाउने गर्छन् । 

धुन्चेबाट तिवारी बगर एक घन्टाको पैदल यात्रापछि उकालो सुरु हुने र लौरिविनायक पुगेपछि लेक लाग्ने समस्या हुनसक्छ । 

विगत १७ वर्षदेखि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा लेक लाग्ने समस्याको समाधान गर्न लामो समयदेखि क्रियाशील रहँदै आएको छ । लौरिविनायकमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाले चिकित्सक र औषधि पठाउने, लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिने नेपाली सेनाले चोलङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गर्दैआएको छ । 

अहिले हिमाली क्षेत्रमा हिँड्न नसक्ने भक्तजनका लागि चन्दनबारीदेखि गोसाइँकुण्डसम्म घोडाले पु¥याउने व्यवस्थासमेत भइसकेको छ । 

जनैपूर्णिमा पर्वमा करिब १५ हजार भक्तजनले गोसाइँकुण्डमा मेला भर्ने अपेक्षा गरिएको गोसाइँकुण्ड मेला व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । निर्धक्कसाथ तीर्थ गर्न सबै भक्तजनमाझ आग्रह गरिएको बताउनुभयो । यस वर्ष देशका प्रायः सबै जिल्लाबाट भक्तजनको आगमन भएको देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो