४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सिंहदेवीमा विद्यालय सुधार योजना

२२ चैत्र २०७२, सोमबार १४:५२

चैत्र २२, टेक्रा । कनकाई नगरपालिका–४, टेक्रास्थित सिंहदेवी निम्न माध्यमिक
विद्यालयमा विद्यालय सुधार योजना सम्बन्धी एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

गत शैक्षिक सत्रको समीक्षा गदै
विद्यायलको भावी कार्य योजना र सुधारका बिषयमा कार्यशालामा छलफल भएको थियो ।

कार्यक्रममा श्रोत व्यक्ति खड्गप्रसाद खरेलले
बिपद व्यवस्थापन, सामाजिक परिक्षण र प्रसाशनिक पक्षका विषयमा सहजिकरण गरे ।

कार्यक्रममा प्राधानाध्यापक डम्बरप्रसाद
फुयाँलले गत बर्षदेखि सुरु भएको विद्यालयको पञ्च बर्षे योजना र भावी योजनाका बिषयमा कार्यपत्र प्रस्तुत
गरेका थिए ।

शिक्षक
विरेन्द्र ओलीले सहजिकरण गरेको कार्याशालमा अभिभावक, शिक्षक र विद्यार्थी गरी ३५ जनाको सहभागिता थियो

कार्यक्रममा वीच
शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम घोर्साईको संयोजकत्वमा ५ सदस्यीय विद्यायल सुधार योजना निर्माण
समिति बनाइएको छ ।

समितिको सदस्यहरुमा व्यवस्थापन समितिबाट शेषप्रसाद प्रसाई, शिक्षकबाट विरेन्द्र ओली,
विद्यार्थीबाट निश्चल भुर्तेल र बुद्धिजीविबाट गोविन्द कार्की रहेका छन् ।

त्यस्तै, व्यवस्थापन समिति अध्यक्ष शिव ढकालको संंयोजकत्वमा ७ सदस्यीय विपद व्यवस्थापन
समिति पनि गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त