सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । देउखुरीको भालुवाङ स्थीत राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार समूहको सभाहल भालुवाङमा सम्पन्न भएको छ । 

समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । देउखुरीको भालुवाङ स्थीत राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार समूहको सभाहल भालुवाङमा सम्पन्न भएको छ । 

समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती "/>

2026-06-20 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती सामुदायिक वनको सार्वजनिक सुनवाई

2016-08-16

सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । देउखुरीको भालुवाङ स्थीत राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार समूहको सभाहल भालुवाङमा सम्पन्न भएको छ । 

समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा समूहकी कोषाध्यक्ष गोमाया केसीले आर्थिक बर्ष २०७२÷०७३ को २८ लाख ४६ हजार ५ सय ७० रुपैयाँ २० पैसा बराबरको आय—व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

समूहकी सदस्य पुष्पा पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वन संरक्षण र विकासका लागि सबै उपभोक्ताहरु जिम्मेवार भएर वातावरणमैत्री व्यवहार बनाउनु पर्ने बताएका थिए । सामुदायिक वन हाम्रो भन्ने भावनाको विकासबाट मात्र वन संरक्षण सम्भव भएकोले सबैको भुमिका महत्वपूर्ण हुने बताएका थिए । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक महेन्द्रबहादुर थापा, समूहका पूर्व अध्यक्ष अलिमोहम्मद मियाँ, निर्वतमान अध्यक्ष मिना थापा, सल्लाहकार गोरखनाथ कसौधन, सलिम शाह, जिल्ला वन कार्यालयका वन प्राविधिक बिष्णुप्रसाद पोख्रेल, चोरीशिकारी नियन्त्रण समितीका संयोजक चेतबहादुर पुन, पत्रकारहरु महेश रिजाल, सन्तोषकुमार गुप्ता, जमिर शाह, उपभोक्ताहरु कमल केसी, कुवारीदेवी गोराथोकी र कर्ण केसी लगायतका बक्ताले सल्लाह—सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको सञ्चालन समूहका कार्यालय सचिव मुक्तबहादुर केसीले गरेका थिए भने सार्वजनिक कार्यक्रमको सहर्जीकरण नर्ती सामुदायिक वन समन्वय समितीका सहर्जकर्ता शिवप्रसाद शर्माले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ