ललित बोहरा/साउन ३२, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै सदुरपश्चिमको प्रशिद्ध एवं धार्मिक ऐतिहासीक डडेल्धुराको उग्रतारा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन ३२, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै सदुरपश्चिमको प्रशिद्ध एवं धार्मिक ऐतिहासीक डडेल्धुराको उग्रतारा "/>
2026-09-19 01:52 AM
डडेलधुरा - DDL

राष्ट्र शान्तिका लागी परापुर्वकालपछि पहिलो सहस्त्र चण्डिका महायज्ञ उग्रतारा मन्दिरमा

ललित बोहरा/साउन ३२, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै सदुरपश्चिमको प्रशिद्ध एवं धार्मिक ऐतिहासीक डडेल्धुराको उग्रतारा मन्दिरमा सहस्त्र चण्डिका महायज्ञ लगाईएको छ । 

जब घर, परिवार, समाज, क्षेत्र, राष्ट्रमा अशान्ति फैलन्छ तव सहस्त्र चण्डिका महायज्ञ लगाई शान्तिको कामना गरिने हिन्दु धर्मको परम्परा छ । सशस्त्र चण्डिका पुजा देबिको चरित्र सम्बन्धिको एक महायज्ञ हो । सहस्त्र चण्डिका महायज्ञमा बिशेष गरी दुर्गा सप्तसतेपाठको एक हजार पाठ गरिन्छ । 

उग्रतारा मन्दिरमा तिन दिन यता जारी महायज्ञमा एक सय आठ ब्रामणहरुले राष्ट्र शान्तिका लागी एक हजार पाठ गरि दैनिक रुसमा जप गरि रहेका छन । हिन्दु धर्मको रुद्रयामल तन्त्रमा बताईए अनुसार परक्रम भय तथा रोग व्याधी, अन्य कयौ दुःख पिडाबाट मुक्तिका लागी सहस्त्र चण्डिका महायज्ञ लगाउनु वा लगाईने महायज्ञका प्रमुख पुजारी शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका छन ।

 सहस्त्र चण्डिका महायज्ञमा सय ब्रामणलाई बरणी गरी २१ हातको मण्डप तयार पारी एक हजार ब्रामण वा अन्य आगुन्तुकहरुलाई भोजन गराउनु पर्दछ । एक सय गौदान र एक हजार कन्यालाई भोजन र कन्या पुजन गर्न सकिए सप्तधान्य दान, भु–दान गर्न सके मानवले चिताएको काम बन्ने शिन्दु धर्म शास्त्रमा उल्लेख रहेको शास्त्रि पण्डित जोशीले बताएका छन । 

सहस्त्र चण्डिका महायज्ञ नेपालमा बिरलै हुने भएकाले उग्रतारा मन्दिरमा हुनुले अलौगिक र कलिकालको असमयोग यज्ञ मान्न सकिने महायज्ञका आयोजक अमरगढी ६ दुमडाका भट्ट परिवारका अगुवा पुष्प भट्टले बताएका छन ।

परापुर्वकाल देखि अहिले सम्मको यो महायज्ञ सुदुरपश्चिम क्षेत्रको पहिलो यज्ञ नै भएको शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका छन । अष्टादश भुजाले युक्त भएकी देवि भगवतीको मुर्ति स्थापना गरेर उनै देविको पुजन गरी जाग्रत गराई एक शक्ति प्रादुर्भाव महायज्ञमा गरिन्छ । प्राप्त शक्तिबाट कुनै एक व्याक्तिको मात्र नभाई राष्ट्रकै कल्याणका लागी सहस्त्र चण्डिका महायज्ञ भगवति मन्दिरमा लगाईएको महायज्ञमा सहभागी पण्डितहरुको भनाई छ । 

महायज्ञका आयोजक एक मात्र व्यक्ति भएकाले उनको सतत प्रायस यस क्षेत्रका विद्धतजनको प्रयास, यहाका एक सय आठ पण्डितको सामुहिक कार्यले महायज्ञ आजका दिन सम्म निर्भिकनता पुर्वक पुगेको पण्डितहरुले बताएका छन ।

महायज्ञको शुरुवातमै भगवती माता उग्रतारा एवं हिन्दु धर्ममा बर्षाका देवता मानिले ईन्द्र संग जल बर्षण रोक्न सन्देश पठाईएको र अहिले सम्म उग्रतारा मन्दिर क्षेत्रमा बर्षा नभएकाले यसलाई बलिायो मश्विास गर्न सकिने शास्त्रि पण्डित जोशीले बताएका छन । 

यस कारण पनि महायज्ञमा जे चितायो त्यो पुरा हुने बिश्वास गरिएको छ ।  नेपालमा परापुर्वकाल देखिनै मानिदै आएको हिन्दु धर्मको संस्कृती, हिन्दु दर्शनलाई जगेर्ना गर्न, नेपाललाइ हिन्दु राष्ट्रको रुपमा स्थापना गर्न, हिन्दु धर्मालम्बिहरुको बाहुल्यता भएको नेपालमा घात र प्रतिघात भईरहेकाले उग्रतारा मन्दिरमा लगाईएको सहस्त्र चण्डिका महायज्ञले आम नोपलीमा सदबुद्धी आउने बिश्वास लिईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई