2026-10-31 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा नागरिकता लिन आधा महिना पालो कुर्नुपर्ने बाध्यता

जानु पाण्डे/न्युज कारखाना ।  असोज ६,कपिलवस्तु । दरबन्दी अनुसारको कर्मचारी नहुँदा कपिलवस्तुमा नागरिकता बनाउन आधा महिना पालो कुर्नुपर्ने बाध्यता रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडको छिमेकी जिल्ला कपिलवस्तुमा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नु परिरहेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा छोरी इसा रानाको नागरिकता बनाउन आएका बुद्धभूमी-२ का टङ्क राना लामो पालो कुर्नु परेपछि दिक्क मान्दै भन्दै थिए, ‘छोरीको लागि भदौ २८ गते कार्यालय पुगेको थिए । भीड भाड धेरै भएकाले कर्मचारीले टोकन दिएर गेटबाट फिर्ता गरे । असोज १५ गते कागजात लिएर आउने गरी टोकन पाएको छु । छोरीलाई कम्प्युटर हार्डवेयरको निःशुल्क तालिमको लागि नागरिकता अनिवार्य चाहिने भएकोले कार्यालय पुगेको थिए । नागरिकता बनाउनकै लागि आधा महिना समय कुर्नु पर्ने रहेछ ।’

कार्यालयमा कर्मचारी अभावले नागरिकता बनाउनदेखी, राहदानी बनाउन, संस्था दर्ता, बजार अनुगमन गर्नसमेत असहज भएको छ । गएको ४ महिना यता अधिकृतदेखि नासुसम्मका कर्मचारी छैनन् । दरबन्दी अपुग भएका कर्मचारी माग गरिएको भए पनि मन्त्रालयबाट व्यवस्थापन हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । 

कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी भए पनि ११ जना कर्मचारी रिक्त रहेका छन् । दरबन्दी अनुसार तीन जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालयमा प्रशासकीय अधिकृत नै छैनन् । कागजातमा हस्ताक्षर गर्नका लागि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय र सहायक प्रजिअ नेपाली शाखामा आलोपालो छिर्ने गरेका छन् । यता कार्यालयमा दुई अधिकृतको सरुवा भए पनि हाजिर भएका छैनन् । प्रशासकीय अधिकृत शङ्कर भुसालको तीन महिना अगाडी र चिरञ्जीवी जिएमको दुई साता अगाडी सरुवा भएको थियो ।

यसै गरी कार्यालयमा १० जना नासुको दरबन्दीमा चार जना रिक्त रहेका छ । एक जना नासुको सरुवा गर्ने भने पनि कार्यालय सञ्चालन गर्न असहज भएको कारणले सरुवा रोकिएको नेपालीले बताए । 

पाँच जना खरदार हुनु पर्ने भए पनि एक जना मात्र कार्यरत रहेका छन् । कार्यालयमा नागरिकता बनाउनको लागि दैनिक तीन सय जना आउने गरेका छन् । हालको क्षमता अनुसार दैनिक १ सय जनालाई मात्र नागरिकता बाँड्न सकिएको छ । कर्मचारी नहुँदा कार्यालय सहयोगीसमेत काममा खटिएका छन् । सम्बन्धित कर्मचारी नहुँदा कार्यालय सहयोगी खटिँदा नागरिकता वितरण जस्तो संवेदनशील कार्यमा कमजोरी हुनसक्ने देखिएको अधिकारकर्मी शिवलाल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो