२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

समीक्षा भइन् मिस ग्राण्ड झापा

३० चैत्र २०७२, मंगलवार ०१:१८

miss grand 3गौरव पोखरेल
झापाः ‘के महिलाहरु साच्चै
हिंसाबाट पीडित छन् ? छन् भने कसरी ? यसलाई तपाईं कसरी व्याख्या गर्नु हुन्छ ?’, यो प्रश्नको उत्कृष्ट
जवाफ दिँदै विर्तामोडकी १९ वर्षीय समीक्षा खतिवडाले मिस ग्राण्ड झापा–२०१६ को उपाधि जितेकी छिन्

आइतबार साँझ भएको अन्तिम स्पर्धामा सोधिएको प्रश्नमा उनको जवाफ
थियोे, ‘महिलाहरु विभिन्न किसिमका हिंसाबाट पीडित छन् । यसको प्रमुख कारणहरु जनचेतनाको कमी, कुसंस्कार,
कुरीति, प्रतिकार गर्न नसक्नु लगायत हुुन् ।’

महिला हिंसा
अन्त्यका लागि उनले एउटा पङ्गति नै लेखिन्ः

‘गन १, २, ३, ४, ५… हुन्छ,
फिजाउ पञ्जा हुन्छ,

मुठि कसेर, महिला एकजुट भएर
उठ,

अनी मात्र महिला हिंसा अन्त्य हुन्छ ।’

प्रतियोगितामा
सुस्मिता बस्नेत फस्ट रनर अप घोषित भइन् भने निशा गुरुङले सेकेण्ड रनर अपको उपाधि पाइन् ।

विजेता भएसँगै खतिवडाले नगद ४१ हजार रुपैयाँ प्राप्त गरिन् भने बस्नेत र
गुरुङले क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ हात पारे ।  ।

साथै, उनीहरुले ट्रफी, प्रमाणपत्र र अन्य थुप्रै स्पोन्सर कम्पनीहरुको आकर्षक उपहार पाए

उपाधि
विजेतासँग निर्णायक, अतिथि लगायत ।  तस्वीरः बुद्ध तामाङ्


उपाधि विजेतासँग निर्णायक, अतिथि लगायत । तस्वीरः बुद्ध तामाङ्

सव टाइटलहरुतिर मिस पर्सनालिटीमा रसिका थापा, वेष्ट वाल्कमा अस्मिता घिमिरे, मिस
ट्यालेन्टमा उपाधि विजेता खतिवडा, वेस्ट स्माइलमा निशा गुरुङ, मिस फोटोजेनिकमा लता प्रसाईं, वेष्ट
ड्रेसमा कमला पोखरेल र मिस पपुलरमा वर्षा शिवाकोटी चुनिए ।

प्रतियोगिताको निर्णायकहरुमा नायिका असिष्मा नकर्मी, मोडल सोनीराज भण्डारी, पत्रकार उमाकान्त
खनाल, समाजसेवी विशाल थापा, विनोद बस्नेत लगायत थिए ।

नेपाल
टेलिभिजनका अध्यक्ष महेश दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद् मनकुमार गौतम, कालीबहादुर गण
चारआलीका गणपती हेमनारायण पौडेल, नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापा लगायतको विशिष्ट आतिथ्य
थियो ।

miss grand 4

सामूहिक तस्वीर खिचाइँदै । तस्वीरः बुद्ध
तामाङ्

कार्यक्रमको सञ्चालन रेडियो विराट ८८.५
मेगाहर्जकी प्रबन्ध निर्देशक लीला अनमोलले गरेकी थिइन् ।

स्मरण
शक्तिको माध्यमबाट गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल झापाली युवा अर्पण शर्मा कट्टेलको
समेत प्रस्तुति रहेको कार्यक्रममा आयोजकका तर्फबाट सोनिका भण्डारीले स्वागत गरिन्

उपाधि विजेता समीक्षा खतिवडा ।

उपाधि विजेता समीक्षा खतिवडा

किशोरीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराउँदै
महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष दिपेन
चौधरीले बताए ।

ग्रिसा एण्ड कम्पनीको ब्यानरमा भएको यो
‘ट्यालेन्ट सो’ को अन्तिम प्रतिष्पर्धामा जिल्लाका १५ किशोरीहरु सहभागी थिए ।

ग्ल्यामर प्रतिको नकारात्मक दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले
गरिएको कार्यक्रम आशा गरिए अनुरुप सफल भएको ग्रिसा एण्ड कम्पनीका पवन खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ