2026-06-30 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

समीक्षा भइन् मिस ग्राण्ड झापा

miss grand 3गौरव पोखरेल
झापाः ‘के महिलाहरु साच्चै
हिंसाबाट पीडित छन् ? छन् भने कसरी ? यसलाई तपाईं कसरी व्याख्या गर्नु हुन्छ ?’, यो प्रश्नको उत्कृष्ट
जवाफ दिँदै विर्तामोडकी १९ वर्षीय समीक्षा खतिवडाले मिस ग्राण्ड झापा–२०१६ को उपाधि जितेकी छिन्

आइतबार साँझ भएको अन्तिम स्पर्धामा सोधिएको प्रश्नमा उनको जवाफ
थियोे, ‘महिलाहरु विभिन्न किसिमका हिंसाबाट पीडित छन् । यसको प्रमुख कारणहरु जनचेतनाको कमी, कुसंस्कार,
कुरीति, प्रतिकार गर्न नसक्नु लगायत हुुन् ।’

महिला हिंसा
अन्त्यका लागि उनले एउटा पङ्गति नै लेखिन्ः

‘गन १, २, ३, ४, ५… हुन्छ,
फिजाउ पञ्जा हुन्छ,

मुठि कसेर, महिला एकजुट भएर
उठ,

अनी मात्र महिला हिंसा अन्त्य हुन्छ ।’

प्रतियोगितामा
सुस्मिता बस्नेत फस्ट रनर अप घोषित भइन् भने निशा गुरुङले सेकेण्ड रनर अपको उपाधि पाइन् ।

विजेता भएसँगै खतिवडाले नगद ४१ हजार रुपैयाँ प्राप्त गरिन् भने बस्नेत र
गुरुङले क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ हात पारे ।  ।

साथै, उनीहरुले ट्रफी, प्रमाणपत्र र अन्य थुप्रै स्पोन्सर कम्पनीहरुको आकर्षक उपहार पाए

उपाधि
विजेतासँग निर्णायक, अतिथि लगायत ।  तस्वीरः बुद्ध तामाङ्


उपाधि विजेतासँग निर्णायक, अतिथि लगायत । तस्वीरः बुद्ध तामाङ्

सव टाइटलहरुतिर मिस पर्सनालिटीमा रसिका थापा, वेष्ट वाल्कमा अस्मिता घिमिरे, मिस
ट्यालेन्टमा उपाधि विजेता खतिवडा, वेस्ट स्माइलमा निशा गुरुङ, मिस फोटोजेनिकमा लता प्रसाईं, वेष्ट
ड्रेसमा कमला पोखरेल र मिस पपुलरमा वर्षा शिवाकोटी चुनिए ।

प्रतियोगिताको निर्णायकहरुमा नायिका असिष्मा नकर्मी, मोडल सोनीराज भण्डारी, पत्रकार उमाकान्त
खनाल, समाजसेवी विशाल थापा, विनोद बस्नेत लगायत थिए ।

नेपाल
टेलिभिजनका अध्यक्ष महेश दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद् मनकुमार गौतम, कालीबहादुर गण
चारआलीका गणपती हेमनारायण पौडेल, नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापा लगायतको विशिष्ट आतिथ्य
थियो ।

miss grand 4

सामूहिक तस्वीर खिचाइँदै । तस्वीरः बुद्ध
तामाङ्

कार्यक्रमको सञ्चालन रेडियो विराट ८८.५
मेगाहर्जकी प्रबन्ध निर्देशक लीला अनमोलले गरेकी थिइन् ।

स्मरण
शक्तिको माध्यमबाट गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल झापाली युवा अर्पण शर्मा कट्टेलको
समेत प्रस्तुति रहेको कार्यक्रममा आयोजकका तर्फबाट सोनिका भण्डारीले स्वागत गरिन्

उपाधि विजेता समीक्षा खतिवडा ।

उपाधि विजेता समीक्षा खतिवडा

किशोरीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराउँदै
महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष दिपेन
चौधरीले बताए ।

ग्रिसा एण्ड कम्पनीको ब्यानरमा भएको यो
‘ट्यालेन्ट सो’ को अन्तिम प्रतिष्पर्धामा जिल्लाका १५ किशोरीहरु सहभागी थिए ।

ग्ल्यामर प्रतिको नकारात्मक दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले
गरिएको कार्यक्रम आशा गरिए अनुरुप सफल भएको ग्रिसा एण्ड कम्पनीका पवन खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ