पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १, पर्बत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजिवि पत्रकार ऐन लागू गर्दा कुनै पनि मिडिया बन्द नहुने बताएका छन् ।

कुनै पनि मिडियाले श्रमजीवि पत्रकार ऐन उल्लेख भए अनुसार पत्रकारको सेवा सुविधा लागु गरिनुपर्दछ भन्ने कुरालाई जोड दिदै अध्यक्ष विष्टले यस्तो भनाई राखेका हुन् । यसैमा जोड दिदै श्रमजीवि ऐन लागू गरिदाँ मिडिया बन्द नभई अझ सशक्त हुने उनको तर्क छ ।

पर्वतमा मंगलबार पत्रकारहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । श्रमजिवि पत्रकार ऐन जुनसुकै मिडियाले लागु गर्नुपर्नेमा उनको जोड थियो । देशका भएका पत्रकारहरुको हकहितका लागि पत्रकार महासंघले कामको थलानी गरीरहेको बताए ।

साथै पत्रकारिता जगतको आचारसंहिता प्रतिष्ठा जोगाउनको लागि हरेक पत्रकारले आचार संहिता कडाइका साथ परिपालन गर्नुपर्ने उनको सुझाव थियो । पत्रकारको हकहितका लागि पत्रकारहरुको जीवन विमा, जेष्ठ पत्रकारलाई सामाजिक सुरक्षा भत्ता लगाएतका विषयलाई महासंघले प्राथमिकताका साथै अगाडी बढाएको बताए ।

पत्रकारको योग्यताका विषयमा समेत उनले आफ्नो भनाइ्र्र राख्दै मिडियाको मर्यादा कायम राख्नको लागि पत्रकारको योग्यता तय विषयले महत्व पाएको बताए ।