२६ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

समीक्षा भइन् मिस ग्राण्ड झापा

३० चैत्र २०७२, मंगलवार ०३:१९

miss grand 3गौरव
पोखरेल

झापाः ‘के महिलाहरु साच्चै हिंसाबाट पीडित छन् ? छन् भने कसरी ?
यसलाई तपाईं कसरी व्याख्या गर्नु हुन्छ ?’, यो प्रश्नको उत्कृष्ट जवाफ दिँदै विर्तामोडकी १९ वर्षीय
समीक्षा खतिवडाले मिस ग्राण्ड झापा–२०१६ को उपाधि जितेकी छिन् ।

आइतबार साँझ भएको अन्तिम स्पर्धामा सोधिएको प्रश्नमा उनको जवाफ थियोे, ‘महिलाहरु विभिन्न
किसिमका हिंसाबाट पीडित छन् । यसको प्रमुख कारणहरु जनचेतनाको कमी, कुसंस्कार, कुरीति, प्रतिकार गर्न
नसक्नु लगायत हुुन् ।’

महिला हिंसा अन्त्यका लागि उनले एउटा पङ्गति
नै लेखिन्ः

‘गन १, २, ३, ४, ५…
हुन्छ,

फिजाउ पञ्जा हुन्छ,
मुठि कसेर, महिला
एकजुट भएर

उठ,
अनी मात्र महिला हिंसा अन्त्य
हुन्छ ।’

प्रतियोगितामा सुस्मिता बस्नेत फस्ट रनर अप घोषित भइन् भने निशा गुरुङले सेकेण्ड रनर
अपको उपाधि पाइन् ।

विजेता भएसँगै खतिवडाले नगद ४१ हजार रुपैयाँ
प्राप्त गरिन् भने बस्नेत र गुरुङले क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ हात पारे ।  ।

साथै, उनीहरुले ट्रफी, प्रमाणपत्र र अन्य थुप्रै स्पोन्सर कम्पनीहरुको
आकर्षक उपहार पाए ।

उपाधि
विजेतासँग निर्णायक, अतिथि लगायत ।  तस्वीरः बुद्ध तामाङ्


उपाधि विजेतासँग निर्णायक, अतिथि लगायत । तस्वीरः बुद्ध तामाङ्

सव टाइटलहरुतिर मिस पर्सनालिटीमा रसिका थापा, वेष्ट वाल्कमा अस्मिता घिमिरे, मिस
ट्यालेन्टमा उपाधि विजेता खतिवडा, वेस्ट स्माइलमा निशा गुरुङ, मिस फोटोजेनिकमा लता प्रसाईं, वेष्ट
ड्रेसमा कमला पोखरेल र मिस पपुलरमा वर्षा शिवाकोटी चुनिए ।

प्रतियोगिताको निर्णायकहरुमा नायिका असिष्मा नकर्मी, मोडल सोनीराज भण्डारी, पत्रकार उमाकान्त
खनाल, समाजसेवी विशाल थापा, विनोद बस्नेत लगायत थिए ।

नेपाल
टेलिभिजनका अध्यक्ष महेश दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद् मनकुमार गौतम, कालीबहादुर गण
चारआलीका गणपती हेमनारायण पौडेल, नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापा लगायतको विशिष्ट आतिथ्य
थियो ।

miss grand 4

सामूहिक तस्वीर खिचाइँदै । तस्वीरः बुद्ध
तामाङ्

कार्यक्रमको सञ्चालन रेडियो विराट ८८.५
मेगाहर्जकी प्रबन्ध निर्देशक लीला अनमोलले गरेकी थिइन् ।

स्मरण
शक्तिको माध्यमबाट गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल झापाली युवा अर्पण शर्मा कट्टेलको
समेत प्रस्तुति रहेको कार्यक्रममा आयोजकका तर्फबाट सोनिका भण्डारीले स्वागत गरिन् ।

उपाधि विजेता समीक्षा खतिवडा ।

उपाधि विजेता समीक्षा खतिवडा ।

किशोरीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराउँदै महिला हिंसाको विरुद्धमा सचेतना समेत
जगाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष दिपेन चौधरीले बताए ।

ग्रिसा एण्ड कम्पनीको ब्यानरमा भएको यो ‘ट्यालेन्ट सो’ को अन्तिम प्रतिष्पर्धामा
जिल्लाका १५ किशोरीहरु सहभागी थिए ।

ग्ल्यामर प्रतिको नकारात्मक
दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले गरिएको कार्यक्रम आशा गरिए अनुरुप सफल भएको
ग्रिसा एण्ड कम्पनीका पवन खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता