2026-11-02 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानको नाममा सुसाइड नोट, ‘मलाई यो जिन्दगीबाट पुग्यो’

असोज १६ , काठमाडौँ , न्युज कारखाना ।   रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आत्महत्या गरेको दावी गरेको हो ।

सीता २० भदौको विहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए । अनुसन्धानअनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो । डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा ‘सुसाइड नोट’ लेखेको भेटिएको थापाले बताए ।

अनुसन्धानअनुसार आत्महत्या गर्नुअघि सीताले श्रीमानलाई रातको साढे १२ बजेतिर सुसाइड नोट लेखेको पाइएको छ । फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए ।

‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने ।  

मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि सीताले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताए । ‘यसरी परीक्षण गर्दा उनले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ उनले भने ।

अनुसन्धानको क्रममा मृतक तथा निजको श्रीमान टिका पौडेलको टाइमलाइन विश्लेषण गरिएको, घटनास्थल नजिक प्राप्त सीसीटीभी फुटेजको विश्लेषण गरिएको उल्लेख छ । त्यसैगरी मृतक सीता भण्डारी पौडेलको मोबाइलको सेवा प्रदायक निकायसँग एसएमएस माग गरी निजको श्रीमान टिका पौडेलसँग भएको एसएमएस विवरण विश्लेषण गरिएको उल्लेख छ ।

२२ भदौमा सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए ।

जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ । उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द