2026-09-12 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानको नाममा सुसाइड नोट, ‘मलाई यो जिन्दगीबाट पुग्यो’

असोज १६ , काठमाडौँ , न्युज कारखाना ।   रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आत्महत्या गरेको दावी गरेको हो ।

सीता २० भदौको विहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए । अनुसन्धानअनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो । डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा ‘सुसाइड नोट’ लेखेको भेटिएको थापाले बताए ।

अनुसन्धानअनुसार आत्महत्या गर्नुअघि सीताले श्रीमानलाई रातको साढे १२ बजेतिर सुसाइड नोट लेखेको पाइएको छ । फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए ।

‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने ।  

मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि सीताले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताए । ‘यसरी परीक्षण गर्दा उनले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ उनले भने ।

अनुसन्धानको क्रममा मृतक तथा निजको श्रीमान टिका पौडेलको टाइमलाइन विश्लेषण गरिएको, घटनास्थल नजिक प्राप्त सीसीटीभी फुटेजको विश्लेषण गरिएको उल्लेख छ । त्यसैगरी मृतक सीता भण्डारी पौडेलको मोबाइलको सेवा प्रदायक निकायसँग एसएमएस माग गरी निजको श्रीमान टिका पौडेलसँग भएको एसएमएस विवरण विश्लेषण गरिएको उल्लेख छ ।

२२ भदौमा सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए ।

जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ । उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस