२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

रैथाने खेतीको महत्व बुझ्दै जुम्ली किसान

२०७८, १७ आश्विन आईतवार १०:४५

असोज १७, काठमाडौँ,  न्युज कारखाना। जुम्लाका किसानले रैथाने बालिको महत्व बुझ्न थालेका छन् । यसअघि जुम्लाको अगार्निक मार्सी चामल बेच्दै आएका जुम्ली किसानले पछिल्लो समय जुम्लामै उत्पादित हुने स्थानीय बालीको महत्व बुझ्न थालेका हुन् । उत्पारिवर्तशील बाली प्रजनन (इपिबी) परियोजनाले जुम्लाका किसानका लागि रैथाने खेतीतर्फ अग्रसर गर्दै आएको छ । जुम्लामा उत्पादित अर्गानिक बाली उत्पादन र संरक्षणमा लाग्नका लागि किसानलाई आकर्षण गर्दै आएको तातोपानी गाउँपालिकाका किसानले बताएका छन् । रैथाने बालीको माग बढ्दै गएपछि जुम्लाका किसान संरक्षणमा जुटेका हुन् । 

जुम्लामा पाइने कालीमार्सी धान, चिनो कागुनो, कोदो र सिमीलगायतका रैथाने बालीको संरक्षणमा किसान आकर्षित भएको किसान राजकन्या उपाध्यायले बताइन् । उनले भनिन्, 'बढ्दो बजार माग र महत्व बुझेपछि हामी रैथानेबालीको प्रवर्द्धनमा जुटेका हौं । उनकाअनुसार जुम्लामा कार्यरत गैरसरकारी संस्था लीवर्डले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउँदै आएको छ ।

यसले गर्दा जुम्ली किसान रैथाने बालीको खेतीमा आकर्षित भएको किसान हुन् । अर्गानिक खेती प्रणालीको, उत्पादन वृद्धि संकलन भण्डार, बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लीवर्ड संस्थाले जिल्लाका किसान र लमजुङ्गका किसानबीच अन्तरक्रियासमेत गरेको थियो । 'उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण बहुरुपी जातको खेतीमा जोडदिन आवश्यक छ । रैथाने बालीको माग बढेको छ । तर हामी रैथाने बाली उत्पादन, प्रवर्द्धन तथा खेती विस्तारमा जुटेका छौ ।' मार्सीधान, सिमिमात्र नभई हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादनवृद्धि तथा खेती विस्तारको लागि अनुसन्धानलाई जोड दिनुपर्ने बताइएको छ । उत्पादन, संकलन, लेबलिङ, प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने स्थानीयवासीले बताएका छन् ।

त्यस्तै लीवर्डले तातोपानी गाउँपालिकास्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको पाइएको छ । जिल्लामा संचालित धान तथा सिमीका बहुरुपीय जातहरुको अनुगमन गर्न जुम्ला पुगेका लीवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सीधानको उत्पादन वृद्धिका लागि बहुरुपीय जातको खेतीमा जोड दिँदै आएको बताए ।

लिवर्डले जुम्लामै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी धानको जातको खेती गर्ने गरेको छ । 'बाली समूह उपसमूह बनाउने, बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया शुरु गर्ने जस्ता कार्यमा लीवर्ड प्राविधिक सहयोग गर्दै आएको छ । समान प्रकृति भएका एकैबाली भित्रका जातहरु एक आपसमा मिसाएर खेती गर्दा बढी जलवायु अनुकुलनशील तथा दिगो उत्पादन दिनसक्ने खालका हुन्छन्,' लीवर्डका बाली प्रजनक न्यौपानले भने, 'जुम्लाको हावापानीमा बहुरुपीय जातको खेती उपयुक्त हुने । लमजुङ्ग जिल्लामा पनि लीवर्डले धान र कागुनो बालीमा काम गर्दे आएको छ  ।' 

त्यस्तै किसान भक्तबहादुर गिरीले लीवडकै सहयोगले लमजुङ्गमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको अनुभव रहेको छ । लिवर्डले गत वर्षमात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताए । तर लीवर्डले तातोपानीको एैरेनीको मार्सी फाँटमा मार्सीको अनुसन्धान गर्न थालेपछि उत्पादन बढ्ने थालेको छ । उत्पादन वृद्धिका लागि आगामी वर्ष आफूहरु बहुरुपी धान खेती गर्ने सोचमा रहेको जुम्ली किसान बताउँछन् ।

यो संस्थाको परियोजनाअन्तर्गत साझेदारी निकाय लीवर्ड, नेपाल कृषि अनुसन्धान परिषद् जीन बैंक, खुमलटार र वायोभर्सिटी इन्टरनेशनलको संयुक्त साझेदारीमा सञ्चालन परियोजना भएको लीवर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड