Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजपुरका ३ सय घरमा खानेपानीकाे धारा, थप २ सय घरमा जडान हुने

By kit 2 मिनेट पढाइ

<p><b>असोज २२ , काठमाडौँ ,न्युज कारखाना | </b>वर्षाैदेखि खानेपानीको अभाव झेल्दै आएका दाङको राजपुर गाउँपालिका गंगदी नयाँ बस्तीका घरघरमा धारा पुगेको&nbsp; छ&nbsp; । राजपुर-५ र ६&nbsp; का ३ सय घरमा खानेपानीको धारा जडान भएको हो । योसँगै खानेपानीको समस्या टरेको छ । कार्यक्रम संयोजक जगत तामाङले आयोजनाबाट कम्तिमा पाँच सय धारा जडानको लक्ष्य लिइएको बताए । अब थप २ सय घरमा धारा जडान गरिनेछ ।राजपुर गाउँपालिका र रेडक्रसको १ करोड ६४ लाख लगानीमा खानेपानी आयोजना निर्माण भएर घरघरमा धारा जडान भएको हो ।<br></p><p>गंगदी नयाँ बस्तीकी तिलसरी घर्ती २६ वर्षअघि रोल्पाबाट दाङ झरेकी हुन् । आगनमै धारा जडान भएपछि खानेपानीको दुःख टरेको उनले बताइन् । गंगदीकै टंकेश्वर गुप्तालाई पनि पानी घरमा जोहो गर्न समस्या हुन्थ्यो । तर, अहिले घरका धारामा २४ घण्टा पानी आउने गरेको उनले बताए ।</p><p>राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले खानेपानी समस्या भएको बस्तीलाई घर घरमा धारा पुगेको बताए । उपाध्यक्ष धनपति यादवले खानेपानी नहुँदा महिलालाई झनै समस्या हुने गरेकामा अब सहज भएको बताइन् ।</p>