भदौ २, भक्तपुर । नेपालको दोस्रो तथा सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरीकुण्डमा आज बिहानैदेखि नै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, भक्तपुर । नेपालको दोस्रो तथा सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरीकुण्डमा आज बिहानैदेखि नै"/>
2026-06-19 07:21 PM
काठमाडौँ - KTM

महादेवपोखरीकुण्डमा बिहानैदेखि दर्शनार्थीको भीड

2016-08-18

भदौ २, भक्तपुर । नेपालको दोस्रो तथा सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरीकुण्डमा आज बिहानैदेखि नै मेला भर्न आउनेको भीड लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेवपोखरी मन्दिरमा आएर कुण्डमा नुहाइ महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेकवर्ष उत्तिकै भीड लाग्ने गर्दछ । 

हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस आउने गर्छन् । महोदवपोखरीमा मेला भर्न यहाँ रातिदेखि नै भक्तजनको घुइँचो लाग्ने गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताउनु भयो । 

यहाँको कुण्डमा नुहाइ महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो । 

गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण दर्शनार्थी यहाँ आउने पुरानो परम्परा छ । कुण्डमा विभिन्न जातजातिका मानिस आ–आफ्नो परम्पराअनुसार पूजा झाँकी लिएर आइ मेला भर्ने गरेका छन् । 

मेलामा भीडलाई व्यवस्थापन गर्न स्थानीय क्लबले र नगरकोट नाल्दुम पर्यटन विकास समितिले स्वयम्सेवकको कार्य गरेको छ भने नगरकोट चोकबाट मन्दिरसम्मको करिब डेढ किलोमिटर वरबाटै सवारी साधन प्रवेश निषेध समेत गरेको छ । 

मेला रातिसम्म नै सञ्चालन हुने समितिले जानकारी दिएको छ । त्यसैगरी साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदहमा बिहानैदेखि ठूलो मेला लागेको छ । प्रत्येक वर्ष भव्य मेला लाग्ने यस दहमा स्नान गरी महादेवको पूजा गर्न भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । 

विशेषगरी स्थानीय नेवार समुदायका गोसाइँकुण्ड जान नसक्ने भक्तजन यस काल दह अर्थात महादेव पोखरीमा आइ स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजनले नयाँ रक्षा बन्धन बाँध्ने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ