पढ्न करिब 1 मिनेट लाग्छ
<p>कात्तिक १, काठमाडौँ | सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटाभूकम्प गएको छ ।<br></p><p>राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । </p><p>भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।</p>

