गणेश सिर्पाली/भदौ २, रुकुम । नेपाली नागरिकता वनाउँदा जिल्ला प्रशासनवाटै आमाको नाम छुट्ने गरेको पाईएको छ । 

नागरिकता प्रमाण पत्रमा नाम, जन्मस्थान, स्थायी बासस्थान, जन्ममिति, लिङ्ग, नागरिकता नम्बर, बुवा र आमाको नाम, बंशज, जन्मस्थान, प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २, रुकुम । नेपाली नागरिकता वनाउँदा जिल्ला प्रशासनवाटै आमाको नाम छुट्ने गरेको पाईएको छ । 

नागरिकता प्रमाण पत्रमा नाम, जन्मस्थान, स्थायी बासस्थान, जन्ममिति, लिङ्ग, नागरिकता नम्बर, बुवा र आमाको नाम, बंशज, जन्मस्थान, प"/>

2026-06-19 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

प्रशासनवाटै छुटाइन्छ आमाको नाम

2016-08-18

गणेश सिर्पाली/भदौ २, रुकुम । नेपाली नागरिकता वनाउँदा जिल्ला प्रशासनवाटै आमाको नाम छुट्ने गरेको पाईएको छ । 

नागरिकता प्रमाण पत्रमा नाम, जन्मस्थान, स्थायी बासस्थान, जन्ममिति, लिङ्ग, नागरिकता नम्बर, बुवा र आमाको नाम, बंशज, जन्मस्थान, पत्नीको नाम उल्लेख गर्ने ठाउँ छ । 

तर अधिकांश नागरिकतामा बाबुको मात्र नाम ठेगाना उल्लेख गरेर जन्म दिने आमाको नाम उल्लेख भएको देखिदैन् । 

जिल्ला प्रशासन कार्यालयवाट वितरण हुने नेपाली नागरिकतामा आमा नाम छुट्दा महिला हिंसाको स्वरुप देखिने महिला अधिकारकर्मीहरु बताउँछन् । 

काँक्रिका दुर्गा प्रसाद पुनले जिल्ला प्रशासन कार्यालयवाट नेपाली नागरिकताको प्रतिलिपि बनाउनुभयो तर नागरिकतामा भर्नुपर्ने अरु सवै कुरा भरिए पनि जन्मदिने आमाको नाम छुटेको छ । दुर्गा प्रसाद पुनले भन्नुभयो–“आमाको नाम उल्लेखका लागि ठाउँ समेत छ । तर नागरिकतामा आमाको नाममा खाली छ ।” नागरिकतामा आमाको नाम नहदाँ महिला र पुरुषमा असमानता भएको उहाँले बताउनुभयो । 

महिला अधिकारका कुरा संविधानमा उल्लेख गरिएता पनि जिल्ला प्रशासनले यो एउटा हिंसा गरेको महिला अधिकारकर्मीहरुको आरोप छ । गाउँ विकास समितिका सचिवहरुलाई नागरिकताका लागि भरिने फाराममा आमाको नाम पनि उल्लेख गर्ने भनिएता पनि उनीहरुले खाली पठाउँदा नाम उल्लेख गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले बताउनुभयो । 

बुवा आमा दुवैको नागरिकताको फोटोकपी ल्याएर आउँदा दुवै जनाको नाम, ठेगाना र नागरिकता नम्बर उल्लेख हुने उहाँले वताउनुभयो । नागरिकता जस्तो महत्वपूण प्रमाणमा महिलाको उपस्थिति छुट्दा अधिकारका कुरा भन्दा व्यवहारमा महिला अधिकारकर्मीहरु लाग्न रुकुमका बृद्ध महिलाहरुको सुझाव छ । 

अहिले महिला पुरुष वरावरि भएकाले दुवैको नाम अनिवार्य उल्लेख गर्नु पर्ने महिला अधिकारकर्मी आशा स्वर्णकारले बताउनुभयो । आमाको नाम लेख्न छुटाउनु गम्भिर भुल भएको उहाँको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी आचार्यले नागरिकता लिन आउँदा आमा बुवा दुवैको नागरिकता ल्याउन सबैलाई अनुरोध गर्नु भएको छ । “नागरिकता बनाउँन आउँदा बावुको मात्र नागरिकता ल्याएर सेवा ग्राहीहरु आउँछन् प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, “आमाको नागरिकता नल्याउँदा कसरी नाम उल्लेख गर्ने ?” नाम भनेकै आधारमा लेख्दा पछि त्रुटि समेत हुने उहाँको भनाई छ । 

आमा बाबु दुवैको नागरिकता ल्याएर आउँदा दुवै जनाको नाम उल्लेख हुने उहाँले बताउनुभयो । आमाको नामवाट पनि नागरिकता बन्छ भन्ने गाउँमा अझै चेतना नभएको प्रमख जिल्ला अधिकारी आचार्यले भनाई छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ