भदौ २, पर्सा । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले आज बिहान बाबुलाई नै पक्राउ गरेको छ । 

पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीय छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, पर्सा । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले आज बिहान बाबुलाई नै पक्राउ गरेको छ । 

पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीय छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्रा"/>

2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ वर्षीय आफ्नै छोरीको हत्या गरेर भाग्ने क्रममा बाबु पक्राउ

भदौ २, पर्सा । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले आज बिहान बाबुलाई नै पक्राउ गरेको छ । 

पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीय छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

छोरीको हत्या गरी शिव मुखिया भाग्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । 

पिता शिव मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दिएको जानकारीको आधारमा महादेवपट्टी गाविसस्थित नेपाल भारतबीचको दशगजा क्षेत्रबाट प्रहरीले प्रभाको शव बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

प्रभा कुमारीको शवलाई मुचुल्का गरी सदरमुकाम वीरगन्ज ल्याउने तयारी भएको उपरीक्षक श्रेष्ठले जानकारी दिए । प्रभाको हत्या के–कति कारणले भएको हो ? सो बारे हालसम्म केही नखुलेको उपरीक्षक श्रेष्ठले बताए । 

प्रभाको हत्या गएराति भएको हुन सकिने प्रारभिक अनुसन्धानबाट देखिएको पनि उपरीक्षक श्रेष्ठले राससलाई बताए । घटनापछि शिव मुखिया बिनको परिवारका अन्य सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द