Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाढी पीडितका दुःख : लाखौं गुमाएर पाँच हजार राहत

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

सीपी लोहिया | कात्तिक ५, बैतडी | ३१ असोजदेखि तीनदिनसम्म भएको अविरल वर्षका कारण देशभर जनधनको ठूलो क्षति भयो । बैतडीमा मात्र चार जनाले ज्यान गुमाए ।

कात्तिक सुरुमा भएको वर्षाले बैतडीका सयौँ घरपरिवारलाई घरबार विहीन बनाएको छ भने, जिल्लाका दर्जनौँ बस्ती जोखिममा छन् । सबैभन्दा बढी क्षति सिगास गाउँपालिकामा भएको छ ।

सिगास–५ मा पाँचवटा घर भत्किनुका साथै एस सय १० परिवारको एक सय ५० बिगाह धानखेत बगरमा परिणत भयो  । पहिरोले सुर्नया गाउँपालिका–८ को रातापानी बस्तीका ६ घरपरिवार विस्थापित भए । पहिरोले घर भत्काएपछि ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष आनन्द बोहराले जानकारी दिए ।

१ कात्तिकमा खसेको  पहिरोले स्थानीय धनुवा बोहरा, रामसिंह बोहरा, प्रेम बोहरा, उद्धव बोहरा, चक्र बोहरा र सालिभान बोहराको परिवार पूर्ण रुपले विस्थापित भएको उनले बताए । यस्तै मल्लोढोले टोलमा २० घरपरिवार दलित बस्ती पहिरोको उच्च जोखिममा छन् । बस्तीमाथिबाट खनिएको सडकका कारण पहिरो खसेपछि बस्ती नै पहिरोको जोखिममा परेको हो । ढोल्यामोडदेखि वडा कार्यालय जोड्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक तलतिरको बस्ती जोखिममा परेको छ ।

यस्तै रातापानी बस्तीको २७ घरपरिवार पहिरोको जोखिममा परेका वडा अध्यक्ष बोहराले बताए । कठमडा टोलका १० घरपरिवार पहिरोको जोखिममा परेका बताइएको छ । यस्तै सुर्नया गाउँपालिका–७ को तिन्नाकोइला बस्तीमा तीन घर पहिरोको जोखिममा छन् । घरमाथिबाट खसेको पहिरोले तीन घर आंशिक रुपमा पुरेको स्थानीय गणेश कुँवरले जानकारी दिए ।

मेलौली नगरपालिका– २ सिराडमा पहिरोका कारण एक घरपरिवार विस्थापित भएको छ । स्थानीय जीतबहादुर लुहारको घरमा पहिरो खसेपछि परिवार नै विस्थापित छ । लुहारको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।

दशरथचन्द नगरपालिका– २ का विभिन्न ठाउँमा क्षति भएको छ । वडा २ मा तीन घर भत्किनुका साथै विभिन्न ठाउँको बाटोघाटो भत्किएको स्थानीय एमाले नेता सुर्य बोहराले बताए ।

सरगरमा एकघर भत्किएपनि १८ घरहरु पहिरोको उच्च जोखिममा रहेको बोहराले बताए । पहिरोका कारण विद्यालय जाने बाटो र केही सरकारी संरचनामा समेत क्षति पुगेको छ ।

पाटनमा वर्षाले ५ओटा घर पूर्णरुपले भत्किएको छ भने अन्य धेरै घर संरचना तथा सरकारी संरचनामा क्षति पुगेको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले वताए ।

पीडितलाई राहत दिन नसकेकोमा भने उनी चिन्तित छन् । श्रोत नभएकाले विगतका वर्षमा पनी लाखौँको क्षति भएका परिवारलाई पाँच हजार मात्रै दिन सकिएको र यसपालि समेत यो भन्दा वढी दिन नसकिने उनको भनाइ छ ।

दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द स्थानीय सरकारसंग पर्याप्त बजेट नभएको भन्दै पीडितलाई संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् ।