नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्ला पातारासी गाविसको पेरे गाउँमा अपरिचित समूहले गाँउका २ वटा घरबाट एकैसाथ ६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटेका छन् । 

बुधबार राति १ बजेतिर नकाप लगाएर आएको करिब १० जना जतिको अपरिचित समू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्ला पातारासी गाविसको पेरे गाउँमा अपरिचित समूहले गाँउका २ वटा घरबाट एकैसाथ ६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटेका छन् । 

बुधबार राति १ बजेतिर नकाप लगाएर आएको करिब १० जना जतिको अपरिचित समू"/>

2026-10-15 07:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटियो

 नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्ला पातारासी गाविसको पेरे गाउँमा अपरिचित समूहले गाँउका २ वटा घरबाट एकैसाथ ६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटेका छन् । 

बुधबार राति १ बजेतिर नकाप लगाएर आएको करिब १० जना जतिको अपरिचित समूहले नगद र गर गहना लुटेका हुन् । पेरे गाउँका पृथ्वीवहादुर एैडि र कृष्ण बुढाको घरबाट नगद र गर गहना लुटेको स्थानीय चुम्म बुढाले जानकारी दिए ।       

 पृथ्वी वहादुर एैडिको घरबाट २ लाख नगद, दुई तोला सुन, २ सय चाँदिको डलर, ४ वटा चाँदिका फुरु र ५ वटा सिलिपिङ्ग ब्याक लुटिएको छ, भने कृष्ण बुढाको घरबाट २ लाख नगद रुपैया अपरिचित समूहले लुटेको प्रहरीले जनाएको छ । प्रहरीले उठाएको मुचुल्का अनुसार पृथ्वीवहादुर एैडि र कृष्ण बुढाको घरबाट करिब ६ लाख ७० हजार रुपैया लुटिएको डिल्लीचौर प्रहरी चौकिका हल्वदार प्रकाशदत्त पाण्डेले बताए ।

 डिल्लीचौर प्रहरी चौकिले घटनाको अनुसन्धान गरि रहेको भन्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा अनुरोध गरिएको पाण्डेले बताए । डिल्लीचौर प्रहरी चौकिसँग आवश्यक जनशक्ति र उपकरण नभएकाले जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको हो । जिल्ला सदरमुकामबाट पातारासि पुग्न करीब ४ घण्टाको पैदल यात्रा गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने