२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शैक्षिक नगरीको रुपमा विकसित हुँदै सुरुङ्गा

१४ बैशाख २०७३, मंगलवार ०१:३३

बैशाख १४, सुरुङ्गा (सास) । बन्दमुक्त शान्ति क्षेत्रको रुपमा रहेको
सुरुङ्गा शैक्षिक नगरीको रुपमा पनि विकसित हुँदै गएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि ९ सय मिटर उत्तर कनकाई
नगरपालिका–२ सुधीरमार्गस्थित झर्नाबस्तीमा ३ बिगाहा जमिनमा १० करोडको लगानीमा सुविधासम्पन्न अंग्रेजी
माध्यममा पठनपाठन हुने निजी विद्यालय स्थापना हुने भएको हो ।


सोमबार कार्यक्रमका प्रमुख अतिथि दुर्गापुर स्रोत केन्द्रका स्रोतव्यक्ति खड्ग खरेलले
पञ्चकन्याका साथ वैदिक विधिपूर्वक विद्यालयको भवनको शिलान्यास गरे ।

भवन निर्माण सम्पन्न भएपछि शैक्षिक सत्र २०७५ देखि
उक्त विद्यालय सञ्चालनमा आउने जनाइएको छ ।

शुरुमा कक्षा ७ सम्म सञ्चालन गरी भविष्यमा स्नातकोत्तर तहसम्म पढाइ हुने शैक्षिक
केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको सञ्चालकहरुको भनाइ छ ।

विद्यालयका ७ जना सञ्चालकहरु गोपाल सिटौला, टेकनारायण
संग्रौला, युवराज अधिकारी, दिनेश शिवाकोटी, मनोज शिवाकोटी, यादव शर्मा धिताल र मलिना श्रेष्ठ रहेका छन्

ख्याम ओली, हरिप्रसाद
तिम्सिना, त्रिलोचन चिमरिया, प्रचण्ड सुब्बा, टीकाकुमार पोखरेल लगायतको आतिथ्य रहेको शिलान्यास
कार्यक्रममा गोपाल सिटौलाको अध्यक्षता र युवराज अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने लक्ष्मीप्रसाद
अधिकारीले औचित्यमाथि प्रकाश पारेका थिए ।

सञ्चालन गोपीचन्द्र मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती