2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईको पर्यटन प्रबर्द्धन गर्न पदयात्रा

padyatra 2वैशाख १९, जामुनबारी (सास) । कनकाई नगरपालिका
क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको  प्रबर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रका १ सय बढी स्थानीयको
एक समूहले चुरे क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।

प्रमुख जिल्ला
अधिकारी मदन भुजेलले प्रजापति सामुदायिक वनको कार्यालय परिषरमा आयोजित एक कार्यक्रमका बीच पद यात्रा
कार्यक्रमको उद्घाटन गरे ।

पद यात्रामा नगर क्षेत्रका राजनितिक
दल, वडा नागरिक मञ्च एवम् संघसंस्थाहरुका प्रतिनिधि, प्राध्यापक, सञ्चारकर्मी, व्यवसायी, सुरक्षाकर्मी
लगायतको सहभागिता थियो ।

प्रजापति सामुदायिक वनबाट शुरु भएको
भ्रमण गैंडे आहाल, सेती खोला, बरडाँडा, नानीपानी, जामुनवारी सामुदायिक वन क्षेत्रको भुरुङ्गा खोलाको
शिर, वेलपानी, सुकेडाँगी वन क्षेत्रको तिरतिरे धारो हुँदै इलामको दानावारी–१ स्थित होमस्टेको सम्भावना
बोकेको पुर्वे डाँडामा पुगेको थियो ।

त्यहाँ अन्तरक्रिया
कार्यक्रम गरियो । कार्यक्रममा कनकाई पर्यटन प्रवद्र्घन समन्वय समितिका संयोजक राजेन्द्र पोखरेलले भने,
‘यहाँको धार्मिक, सामाजिक, ऐतिहासिक, प्राकृतिक विशिष्टतालाई प्रबद्र्धन गर्न दीर्घकालीन सोचका साथ
पहिलो चरणमा चुरे क्षेत्रको पदमार्ग पहिचानका यो कार्यक्रम गरिएको हो ।’

गत चैत्र १२ गते सरुङ्गा प्रेस क्लबको आयोजनामा जामुनखाडी सिमसार क्षेत्रमा भएको विचार
गोष्ठीमा सहभागीहरुले यस क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा प्रबर्द्धन गर्न यो कार्यक्रम आयोजना गर्न माग गरेका थिए । Padyatra 1

सोही अनुरुप
राजेन्द्र पोखरेलको संयोजकत्वमा स्थानीय सामुदायिक वनका अध्यक्षहरु क्रमशः पर्शुराम गिरी, गंगाप्रसाद
ढुंगेल, रुद्रप्रसाद चिमरिया, सूर्य थापा साथै सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला र कनकाई
उद्योग वाणिज्य संघका सचिव सोमनाथ उप्रेती गरी ७ सदस्यीय समन्वय समिति बनाइएको थियो ।

कार्यक्रमको आर्थिक व्यवस्थापन गर्न नगर क्षेत्रको ४ वटै सामुदायिक वनहरु
(प्रजापति, जामुनबारी, कनकाई तथा सुकेडाँगी) र कनकाई नगरपालिकाबाट १५ हजार रुपैयाँका दरले सहयोग प्राप्त
भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई