Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 11, 2021 तनहुँ - TNH, समाज

तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु

By साझासवाल 6 मिनेट पढाइ

कात्तिक २५, तनहुँ | तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको स्थानीय पवन राना मगरले बताए । बिहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समय गाउँको ट्रान्सफर्मरमा आगलागी भएको थियो ।

रानाका अनुसार मृतकको दाहिने हातमा मोबाइल थियो ।  ‘दाहिने हात मोबाइल र चार्जर पनि जलेको छ’, उनले भने । घटनास्थलमै मृत्यु भएको आशंसा गरिए पनि स्थानीयले उनलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई राहत स्वरूप २५ लाख रुपैयाँ दिनुपर्ने माग छ ।

स्थानीयवासी, जनप्रतिनिधि र ग्रामीण विद्युतीकरणका पदाधिकारीबिच बिहीबार दिनभर जिपी कोइराला अस्पताल परिसरमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुँदा राहत दिनेबारे टुंगो नलागेको हो । शुक्रबार बिहान फेरी छलफल हुने जनाइएको छ ।

करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाइते भएका छन् । मृतकका काका ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् । घाइते दुवैको जिपी कोइराला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।

बिहान ४ बजे घर अगाडीको ट्रान्सफर्मरमा आगो बलेको देखेपछि घरमा रहेको एमसिबी बन्द गर्दा हातमा करेन्ट लागेर ढलेको घाइते दलबहादुरले बताए । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण गाउँमा दुखद घटना घटेको उनको भनाई छ ।

‘ट्रान्सफर्मर बेला-बेलामा बिग्रिरहन्थ्यो । फ्युज गएर झिरझिर आगो बलिरहन्थ्यो । बिजुलीको मान्छेलाई मर्मत गरिदिन कतिपटक भनियो। सुन्दै सुनेनन्। हामीले आफैंले पनि कतिपटक फ्युज फेर्‍यौं’, उनले भने, ‘अहिले त फ्युज नै थिएन । हप्तामा दुई पटकसम्म बिग्रिन थालेपछि उनीहरूले डाइरेक्ट जोडदिए ।’

उनका अनुसार डेढ महिनादेखि ट्रान्सफर्मरमा फ्युज नराखी लाइन जोडिएको थियो । ट्रान्सफर्मरमा फ्युज जोडिएको भए गाउँमा दुखद घटना नघट्ने उनको जिकिर छ । बिहीबार बिहान हाइभोल्टेज विद्युत प्रवाह हुँदा ट्रान्सफर्मरसँगै अधिकांश घरको विद्युतीय सामाग्रीमा क्षति पुगेको स्थानीय बताउँछन् । दुरुङचुङमा रहेको ट्रान्सफर्मरबाट २७ घरमा विद्युत् प्रवाह हुँदै आएको थियो ।