<p><b>कात्तिक २७, सिरहा </b>| सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका १४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ । <br></p><p>पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डाक्टर तपन दाहाले जानकारी दिए । </p><p>पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खाजीकार्य भइरहेको जनाको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । </p>
लहानमा किशोरी बलात्कृत, आरोपी फरार
