सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । 

गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । 

गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्ध"/>

२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका बाढी पिडितद्वारा जिल्ला प्रशाासन कार्यालयमा धर्ना

२०७३, ३ भाद्र शुक्रबार ०९:२२

सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । 

गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्धनको माग गर्दै बाढि पिडितहरु धर्नामा बसेका हुन । 

बाढी पिडितहरुले सेती नदी र बाहुलीगाडमा तत्काल तटबन्धन गर्नुपर्ने र बाहुली गाडले बगाएको झोलुङ्गे पुल निर्माण गर्नु पर्ने माग राख्दै साउन ७ गते प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानिय प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र पेश गरेको थियो ।

धर्ना बसिरहेको बेला प्रशासनका कर्मचारी कार्यालय भित्र प्रबेश गरेको भन्दै बाढि पिडित आक्रोसित हुँदा प्रहरी  र बाढि पिडित बिच केही क्षण झडप भएको थियो । 

माग पुरा नभएपछि बाढी पिडितहरुले चरणबद्घ आन्दोलनका कार्यक्रम आयोजना गरेका छन । 

बाढीले २०४३ सालमा बनेको सदरमुकाम चैनपुर जोड्ने १ सय ५ मिटर लामो झोलुङगे पुल बगाएको छ । बर्षेनी बाढिले नदी वारीपारीका खेतीयोग्य जमिन बगाउने गरेको छ । 

राज्यले बर्षेनी २ करोड रकम सेती नदी र बाहुली गाडको तटबन्धनमा खर्च गरेतापनि प्रभावकारी अनुगमन नहुदा कामको प्रभाव देखिएको छैन । 

प्रत्येक बर्ष तटबन्धन गर्छन बाढी आएर जाली बगाएर लैजान्छ बाहुलीगाड बाढी क्षती न्यूनीकरण तथा सदरमुकाम बचाउ अभियानका अध्यक्ष धर्मराज रसाइलीले बताए । ठेकदारले प्रभावकारी काम नगर्दा खोलाले तटबन्धन नै बगाएर क्षती गर्ने  गरेको  उनको भनाइ छ । बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरधुरी मा जोखिम रहेका छन ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले तटबन्धनका लागि जिल्ला प्रशासन कार्यालय बाट पहल भइरहेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट