2026-07-24 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा भ्रष्टचार शुद्धिकरण अभियान

CDOlaii Gyapan Patra Bujaidaiवैशाख २०, झापा (सास) । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले सोमबार
जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई
ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रीय कार्यालयको सर्कुलर अनुसार
देशव्यापी रुपमा गरिएको यस अभियान अन्तरगत झापामा सचेतनामूलक र्यालीसहित ज्ञापन पत्र बुझाइएको हो

जिल्ला शाखाको तर्फबाट अध्यक्ष राजेन्द्र खनाल र सदस्य गौरव पोखरेलले प्रमुख जिल्ला अधिकारी
मदन भुजेललाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा जिल्लामा
भइरहेका सबै किसिमका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस्, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाइयोस्,
नियमित रुपमा सार्वजनिक सुनुवाई गरियोस्, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस्
लगायतका बुँदाहरु छन् ।

त्यस्तै, हरेक सरकारी कार्यालयमा सूचना
अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको सचिव सिर्जना घिमिरेले
जानकारी दिइन् ।

Ryally

बिना झण्झट
आवश्यक सूचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराउनु पर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत
कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनुपर्ने, सूचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरिनु
पर्ने, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालिनु पर्ने लगायतका मागहरु समेत
गरिएको छ ।

ज्ञापन पत्र बुझाइएपछि निकालिएको र्याली जिल्लाको
विभिन्न सरकारी कार्यालयमा पनि पुगेको थियो ।

संस्थाकी सदस्य
सुस्मिता पोखरेलका अनुसार बिगत १५ वर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशिल गैर सरकारी संस्था ‘बास’
ले समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका बिरुद्ध शसक्त रुपमा
वकालत गर्दै आएको छ ।

हाल यसका ६६ जिल्लामा शाखा छन् भने १ सय
बढी उपशाखा र २० ईकाई समिति छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक