2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’

मंसिर ९, जुम्ला, न्युज कारखाना | जुम्लाको  पातारसी गाउँपालिका र गुठीचौर गाउँपालिकाको  पटमारा गाउँमा  सामुदायिक होमस्टे सञ्चालनमा छ । पटमारा गाउँका न्यून आय भएका ६ जना महिलाले सामुहिक  होमस्टे सञ्चालन गरेका हुन ।

धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेरअघि बढ्ने  लक्ष्यसहित सामुदायिक होसस्टे सञ्चालन गर्न खोजिएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले बताए  । 

‘महिलाको दैनिकीसँग जोडिएको विषय  भएकाले सामुदायिक  होसस्टेले उनीहरूको आर्थिक स्तर सुधार हुनेछ ।पातारासी  गाउँपालिकाको पटमारा गाउँ प्राकृतिक हिसाबले सुन्दर भएकाले सामुदायिक होमस्टे सञ्चालनमा आएको  हो  । स्थानीय ६ जना महिलाले  सञ्चालन गरेको उक्त सामुदायिक होमस्टे पर्यटकको आकर्षण बढाउने  पहिलो  लक्ष्य हो ।  

सामुदायिक होमस्टेका अध्यक्ष  राजकली रावतले   सुरुवाती चरण भएकाले  होमस्टे गुणस्तर बनाउने काम गर्दै आएको बताइन् । स्वच्छ वातावरणसँगै होमस्टेको न्यानो स्वागत सत्कार, स्थानीय उत्पादनको स्वाद लिन पाउने  व्यवस्था गर्न आवश्यक रहेको पातारासी गाउँपालिकाको लासीमा संञ्चालन भएको एकदिने गोष्ठी प्रशिक्षक शंकर प्रसाद कोइरालाले बताए । 

‘होमस्टे समुदायकै भएकाले आएका पाहुनालाई विशेष जुम्लाकै समुदायकै परम्परागत खाना तथा परिकार खुवाउनुपर्छ’, प्रशिक्षक कोइरालाले भने, ‘होमस्टे  सेवामुखी र गुणस्तर भएको खण्डमा महिलाको दैनिकीसँगै गाउँकै स्वरूप फेरिनेछ । 

जुम्ला जल, जमिन, जडीबुटी र पर्यटनको राम्रो सम्भावना छ। स्रोत, साधनको पर्याप्तता पनि छ । त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य रहेको सरोकारवाला बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने