रबिन्द्र यादव/ भदौ ३ नवलपरासी  । नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने भएको छ । बिगतका दिनहरुमा त्रिवेणी दाहसंस्कार घाटमा दाउराबाट लास जलाइदै आएको र अबदेखी बिद्युतिय मेसिनबाट लास जलाइने र त्यो काम तत्काल हुने र त्यसका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ३ नवलपरासी  । नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने भएको छ । बिगतका दिनहरुमा त्रिवेणी दाहसंस्कार घाटमा दाउराबाट लास जलाइदै आएको र अबदेखी बिद्युतिय मेसिनबाट लास जलाइने र त्यो काम तत्काल हुने र त्यसका ला"/>
2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने

रबिन्द्र यादव/ भदौ ३ नवलपरासी  । नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने भएको छ । बिगतका दिनहरुमा त्रिवेणी दाहसंस्कार घाटमा दाउराबाट लास जलाइदै आएको र अबदेखी बिद्युतिय मेसिनबाट लास जलाइने र त्यो काम तत्काल हुने र त्यसका लागी व्यवस्था मिलाउनु पर्नेमा नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नम्बर ६ सांसद देवकरण कलवार सन्तुले बताउनु भयो । त्रिबेणी सुस्तामा रहेको गजेन्द्र मोक्ष धामको अनुगमन गर्ने क्रममा स्थानीयहरुको जवाफ दिदै वहाले यस्तो बताउनु भएको हो । 

नेपाली काङ्ग्रेस त्रिबेणी सुस्ताका एकाइ सभापति निरंजन थापाको नेतृत्वमा आएको नेपाली काङ्ग्रेसका कार्यकर्ता र स्थानीयहरुको समस्या सुन्दै वहाले दाहसंस्कार घाटमा बिद्धुतिय बाट लास जलाउने हर सम्भव कोसिस गरिने र यसलाई मन्त्री परिषद मा राख्ने बताउनु भयो । 

त्रिबेणी घाटमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा जिल्ला लगायत भारतको बिहार र उत्तर प्रदेश गरि विभिन्न ठाउँबाट दिनहुँ सात देखि दस लास आउने गरेको स्थानीय पत्रकार प्रेमचन्द्र रौनियारले बताउनु भएको छ । लास पुर्ण रुपमा नजलिकनै छाडेर जाने गरेकोले लास जल्न बाट बाकी भाग अंश कुकुरहरुले बजारमा लिएर आउदा पुरै बजार दुर्गन्धित बन्ने गरेको निरंजन थापाले साझासबाललाई बताउनु भएको छ । 

यस्तै रहयो भने विभिन्न किसिमको सरुवा रोगहरु लाग्न सक्ने चिकित्सकहरुले बताएका छन । त्रिबेणी दाहसंस्कार घाटमा अव्यवस्थित रुपले जताजतै लास जलाउने गरिएको छ । यसलाई व्यवस्थित बनाउनु पर्नेमा समेत स्थानीयले जोड दिएका छन । कलवारले सांसद विकास कोषको रकम बाट मात्र दाहसंस्कार घाट व्यवस्थित नहुने बताउदै यसलाई दिर्घकालिन बनाउनलाई ठोस बजेटको आवश्यकता देखिएको हुनाले आफु यो समस्यालाई आफ्नो पार्टी र प्रचण्ड सरकारमा राख्ने बताउनु भएको छ । बनारसीलाल जैसवाल,ओमप्रकाश जैसवाल, कन्हैया हरिजन, निरंजन थापा, तुलसी उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई