प्रकाश बम/भदौ ४, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा पनि शुक्रबार गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाईएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/भदौ ४, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा पनि शुक्रबार गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाईएको छ । 
<"/>
2026-09-19 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा पनि गाईजात्रा पर्व मनाईयो

प्रकाश बम/भदौ ४, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा पनि शुक्रबार गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाईएको छ । 

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईजात्रालाई सिलगढी बजारमा परिक्रममा गरी यो पर्व मनाएका छन् ।

मृतकका नाममा आफन्तजनले बालकलाई चोलो, जामा र पटुकीमा सजाएर एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी लगाउने गर्छन् । पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाई ती बालकलाई नक्कली गाई बनाएर नगर परिक्रममा समेत गराईएको थियो । 

सिलगढीमा ६ वटा घरवाट गाईजात्रा निकालिएको छ । तिन वटा घरवाट रथ र तिन वटा घरवाट लाखे गाई निकालिएको थियो ।  जुन घरपरीवारमा आर्थिक स्थिति कमजोर छ त्यस घरमामा पुजा मात्र गर्ने गरेको पाईन्छ । बर्ष दिन भित्र मरेका सबै घर घरमा गई पुजा आजाका साथ गाईजात्र पर्व मनाईएको छ । वुवाको सम्झनामा गाईजात्रामा रथ  निकाले सिलगढीका भगीरथ श्रेष्ठले रथमा मात्र एक लाख जति खर्च भएको बताए । जुन घर बाट रथ र लाखे गाई निकालिन्छ त्यस घरमा त्यो दिन विहान ,साँझ भोज दिने समेत प्रचलन रहेको छ । 

यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने मान्यता रहेकाले यस पर्वलाई नेवार समुदायले बिशेष महत्वका साथ मनाउने गरेको डोटेलि नेवार समाजका अध्यक्ष गोबिन्द श्रेष्ठले बताए । सिलगढीमा दुई सय पचास बर्ष अगाडी देखि यो पर्व मनाउदै आएको समेत उनले बताए । भाषा हराए संस्कार हराउछ,संस्कार हराए संस्कृति हराउछ,संस्कृति हराए सभ्यता हराउछ , सभ्यता हराए जाति हराउछ ,जाति हराए आफ्नो देश हराउने कुरामा नेवार समुदाय चिन्तित रहने गरेको समेत श्रेष्ठले बताए ।

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विह्वल भएकि आफ्नी रानिलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सरह परिक्रममा गराउनु भनि आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरुप सो प्रचलन रहेको जन विश्वास छ ।

गाईजात्रामा मृतक परिवारको घरबाट बालबालिकालाई शिव–पार्वतीको प्रतीकका रूपमा शृंगार गरी ल्याउने चलन छ । यसमा कर्म नचलेका बालबालिका हुनुपर्ने मान्यता छ ।

सिलगढीमा भक्तपुर,पाल्पा,प्यूठान ,पाटन लगाएतका ठाउबाट बसाई सरेर आएको नेवार समुदायका अगुवा बताउछन् । गाईजात्रा निकाल्नको लागि कम्तीमा २५ बर्ष भन्दा माथि उमेरको मान्छे बितेमा त्यस घरमा निकाल्ने गरेको अध्यक्ष श्रेष्ठले बताए । रथलाई अरुठाउमा परालले पोल्ने चलन छ तर सिलगढीमा सेलाउने पैचलन रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई