२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई कांग्रेसको वडा नं. ३ पार्टी कार्यालय उद्घाटन

२०७३, २१ बैशाख मंगलवार ००:५३

बैशाख
२१, सुरुंगा (सास) ।
नेपाली कांग्रेस कनकाई नगर कमिटी अन्तर्गत वडा नं. ३ को पार्टी कार्यालयको
उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका वीच नेपाली कांग्रेस झापाका
पूर्व उपसभापति देउमान थेबेले कनकाई–३ सुरुङ्गा टप्पुमा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै नेता थेबेले नेपाली कांग्रेस सदैव जनताको माझमा
रहने पार्टी भएकाले वडा पार्टी कार्यालयबाट पार्टीको कामलाई व्यवस्थित रुपमा अघि बढाउन सहज हुने र
जनताका गुनासा पनि औपचारिक रुपमा पार्टीमा आउने बताए ।

पार्टीका
वडा नं. ३ का सभापति यदुनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका पूर्व महासमिति सदस्य
खगेश्वर उप्रेती, महासमिति सदस्य रमेश श्रेष्ठ, जिल्ला सदस्य गोपाल उप्रेती, पूर्व जिल्ला सदस्य
टेकनारायण संग्रौला, क्षेत्र नं. ४ का अध्यक्ष भीम राजवंशी, क्षेत्रका निवर्तमान सचिव प्रकाश चुडाल,
कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया, विर्तमान नगर सभापति लीलाबहादुर कटुवाल, प्रेस युनियन झापाका
अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि कृष्ण हुमागाईं, प्रजातन्त्रवादी प्राध्यापक संघका झापा सभापति
विकासप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य राखेको वडा सदस्य सन्तोष संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ