Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

स्व. चौधरीको संझनामा श्रद्धाञ्जली सभा

By kit

भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा दाङका सचिवालय सदस्य महेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तराई मधेश जनवादी केन्द्रका पुर्व केन्द्रिय सदस्य दिपककुमार यादव,बुद्धिजिबी ठाकुर खनाल, मृतकका माईलाभाई हिरालाल चौधरी, गढवाका पुर्व गाबिस अध्यक्ष भगवति प्रसाद चौधरी रहेका थिए ।

यस्तै एमाले क्षेत्रनं. १ का सल्लाहकार कालीराम चौधरी,राजमो एरिया नं. १ का सचिव टुकमान कँवर, जननाति नेता जगधिस चौधरी, स्थानिय समाजसेबीहरु शारदा चौधरी, युबराज आचार्य, गुञ्जबहादुर बोहोरा, चुडामणि पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष दिनमणी आचार्यले गर्नु भएको थियो ।