सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । 

गढवा उद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । 

गढवा उद"/>

2026-06-17 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्तीपारी ६ गाविसलाई टुक्रिन नदिन सर्बपक्षीय निष्कर्ष

2016-08-20

सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । 

गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसका राजनितिक दलहरु र संघसंस्थाहरुको उपस्थिती रहेको एक अन्तरक्रिया कार्यक्रमले यस्तो निश्कर्ष निकालेको हो । 

यस अघि स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीले राप्तीपारीका गढवा, कोईलावास, बेला, राजपुर र सतबरिया गाविस लाई मिलाएर एउटा गाउँपालिका बनाउने भनि प्रस्तावित खाका ल्याएको थियो । 

उक्त खाकाप्रति देउखुरीबाटै चौतर्फी बिरोद्ध हुदै आएको छ । सतबरिया गाबिसलाई गढवामा मिलाउनु, गोबरडिहालाई लालमटियामा र गंगापरस्पुरलाई लमही नगरपालिकामा मिसाउनु अमिल्दो अबैज्ञानिक प्रस्ताव भएकोले राप्ती दक्षिणका दलहरु तथा आम नागरीकले जोडदार बिरोध गरिरहेका छन् । 

अब हामी राप्तीपारीका कुनैपनि गाबिस र भूगोल टुक्रिने गरी गाउँपालिका बनाउन दिने छैनौं नेकपा माओवादी केन्द्र गोबरडिहाका अध्यक्ष तिलक घिमिरेले भन्नुभयो । हाम्रा बिकासे गतिबिधिलाई सञ्चारमाध्यमहरुले समेत उपेक्षा गर्ने गरेको छ, उनीहरुका पक्षमा थोरै गरेपनि संञ्चार माध्यमले स्थान दिने तर हाम्रा गतिबिधिलाई ओझल पार्ने गरिन्छ, अब त्यस्तो नहोस उहाँले भन्नुभयो ।   

लालमटियाले गोबरडिहाबासीहरुलाई सधै सौतेलो ब्यबहार गरेको उहाँले बताउनु भयो । बिपन्नता, भौगोलिक दुर्गमता, जनसंख्या आदिका कारणले उत्तरी देउखुरीले सधै दक्षिण देउखुरीलाई हेपिरहेको यादव समाज सेवा संघका महासचिव नरेन्द्र यादवले बताउनु भयो । 

दाङले देउखुरीलाई हेप्ने र देउखुरीको उत्तरी बेल्टले दक्षिण देउखुरीलाई हेप्ने गरेको कुनै नौलो कुरा होईन, त्यसैले राप्तीपारीको कुनैपनि भू–भागलाई हामी उत्तर देउखुरीसंग मिसाउन दिने छैनौं, नेपाली काँग्रेस गढवाका ईकाइ सभापति बालचन्द्र हमालले भन्नुभयो । 

राप्तीपारीका ६ गाबिसमा ६३ हजारबढी जनसंख्या रहेको र यसलाई एक राखेपछि भबिष्यमा नगरपालिका पनि बनाउन सकिने एमाले गढवाका अध्यक्ष रामप्रसाद गैरेले बताउनु भयो । हामी जस्तोसुकै मुल्य चुकाएरै भएपनि राप्तीपारीको भूगोललाई टुक्रिन दिने छैनौं उहाँले बताउनु भयो । 

संघियताको टेलर मात्र देखिदै छ, फिल्म अझै बाँकी छ ,स्थानिय तहको पुर्नसंरचना गर्ने नै हो भने गाउँपालिकाको संख्या बढाउनु पर्ने र जनसंख्याको मापदण्ड घटाउनु पर्छ, तब मात्र देउखुरीलाई एक नगरपालिका तथा दुई गाउँपालिका बनाएर बिकास गर्न सकिन्छ राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष दिनमणि आचार्यले भन्नुभयो । 

धेरै पहिले पुर्वपश्चिम राजमार्गको सर्भे कालाकाटे सिक्टा जोडिने गरी भएको तर केही टाठाबाठाहरुले उत्तरतर्फ लगेकोले दाङकै पुरानो गढवा र कोईलाबास बजार अहिले जिर्ण बनेको भुगोलबिद् दिपककुमार यादवले बताउनु भयो । 

गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य अशोककुमार यादव, नेकपा माओबादी केन्द्र गंगापरस्पुरका अध्यक्ष राममुरत यादव, गढवाका अध्यक्ष बिरबहादुर आले, नेपाली काँग्रेस गोबरडिहाका सभापति दामोदर रेग्मी, बुद्धिजिबी पदमप्रसाद शर्मा रहेका थिए ।

यस्तै एमाले गंगापरस्पुरका अध्यक्ष लोकराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय अध्यक्ष लिला यादव, फोरम लोकतान्त्रिक क्षेत्र नं. १ का अध्यक्ष रामदास यादव, बेला गाबिस ईकाईका अध्यक्ष राजबहादुर यादव, समाजसेवी बुद्धिजिबीहरु रघुनन्दन चौधरी(राजु), खगेश्वर शर्मा, सुर्यप्रसाद शर्मा, मिनप्रसाद चौधरी र पिछडा बर्ग महासंघ दाङका अध्यक्ष हुकुमराज यादव लगायतले राप्तीपारी दक्षिण देउखुरीको भुगोललाई कुनैपनि हालतमा अलग हुन नदिने बताएका छन् ।

संघर्षका लागि समन्वय समिती गठन 

यसैबीच शुक्रवार गढवामा आयोजित सर्बपक्षिय सर्बदलिय भेलाबाट राप्तीपारीका ६ गाबिसहरुलाई टुक्रिन नदिन आन्दोलन, समन्वय र संघर्षका लागि गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय समन्वय समिती गठन भएको भेलापछि जारी गरिएको बिज्ञप्तीमा जनाईएको छ ।  

 जसका सदस्यहरुमा रघुनन्दन चौधरी(राजु), रामप्रसाद गैरे, तिलक घिमिरे, लिला यादव, दिनमणी आचार्य, रामदास यादव(आर.डी.), बिष्णुमाया घिमिरे, दिपककुमार यादव, नरेन्द्र यादव, बालचन्द्र हमाल ,हुकुमराज यादव, बिरबहादुर आले, कैलास चौधरी र सबिना खातुन रहनु भएको छ भने राजपुर तथा कोईलावास गाबिसका एक एक जना प्रतिनिधि रहने गठित समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ