नन्दराम जैशी/भदौ ४ जुम्ला । जुम्लामा शुक्रवार देखि शुरु भएको कर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ ४ जुम्ला । जुम्लामा शुक्रवार देखि शुरु भएको कर्"/>

2026-10-15 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्णालीकै ठूलो र लामो जात्राको दोस्रो दिन रोपाइजात्रा देखाइयो


नन्दराम जैशी/भदौ ४ जुम्ला । जुम्लामा शुक्रवार देखि शुरु भएको कर्णालीकै ठूलो र लामो जात्रा अन्र्तगत आज दोस्रो दिन रोपाइजात्रा देखाइएको छ । 

जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिन देखि शुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिने छ । 

जात्रा समितिका अध्यक्ष राजुसिंह कठायतका अनुसार भोलि तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र अन्य रमाइला आइटम देखाइने भएका छन्, भने पर्सि चौथो दिन ठुलो मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उहाले बताउनुभयो । आज रोपाइँजात्रा दिउँसो २ बजेपछि सुरु भएको उहाँको भनाइ छ ।     

जुम्ला बजारदेखि जिल्ला प्रहरी कार्यालय लाइन हुँदै कालेखोलीसम्म पुर्याएर पुन: बजारमा ल्याएर जात्रा समापन गरिएको हो । जात्रा समिति जुम्लाले यस अवधिमा मादक पदार्थ सेवन गरेर हो हल्ला तथा झगडा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जात्रा हेर्न आउँदा महँगा गरगहना नलगाइकन र महँगा मोवाइल नलिइकन आउन भनिएको छ । 

जात्रा बिथोल्ने गतिविधि गर्ने व्यक्ति तथा समूहलाई प्रहरी प्रशासन समक्ष पुर्याएर कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिने जात्रा समितिका अध्यक्ष कठायतले जानकारी दिनुभयो ।

 जात्रालाई शान्त, व्यबस्थित र मर्यादित बनाउनु जुम्लाबासी सबैको कर्तव्य भएको भन्दै आ–आफ्नो भूमिका निर्वाह गर्न जुम्लाबासी सबैलाई उहाँले आग्रह गर्नु भएको छ । 

जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्नको लागि जिल्ला प्रहरी कार्यालय जुम्लाद्धारा पोसाक र सादा पोसाकमा प्रहरी परीचालन गरीएको छ । 

जात्रालाइ सघाउन नँया शक्ति नेपाल जुम्लाले जात्रा अवधिभर स्वयंव सेवकको रुपमा युवाशक्ति परीचालन गर्ने भएको छ । हिजोदेखि परीचालन भएका युवाहरु जात्रा सम्मन्न हुन्जेलसम्म परीचालित हुने जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने