प्रभत सुवेदी/भदौ ४, बर्दिया । जिल्ला सदरमुकाम गुलरियादेखि ४ किलोमिटर पूर्वमा पर्ने सरयू नदी (भादा) को तटमा रहेको मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिको पहल तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभत सुवेदी/भदौ ४, बर्दिया । जिल्ला सदरमुकाम गुलरियादेखि ४ किलोमिटर पूर्वमा पर्ने सरयू नदी (भादा) को तटमा रहेको मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिको पहल तथा "/>
२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गुलरियामा पितृ मोक्ष महायज्ञ आयोजना गरिने

२०७३, ४ भाद्र शनिबार १६:०८

प्रभत सुवेदी/भदौ ४, बर्दिया । जिल्ला सदरमुकाम गुलरियादेखि ४ किलोमिटर पूर्वमा पर्ने सरयू नदी (भादा) को तटमा रहेको मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिको पहल तथा अन्तर्राष्ट्रिय भक्तियोग फाउण्डेसनको सहकार्यमा पितृपक्ष पारेर असोज १ गतेदेखि १६ गतेसम्म (सोह्र श्राद्धमा) पितृ मोक्ष महायज्ञको आयोजना गरिने भएको छ ।
महायज्ञलाई व्यवस्थित रुपमा सञ्चालन गरी सफल पार्नका लागि अयोध्या प्रसाद श्रीवास्तवको अध्यक्षतामा मूल समारोह समिति गठन गएिको छ भने आजै विभिन्न उपसमितिहरुको गठन गरिएको छ ।
विगत लामो समयदेखि नै यस क्षेत्रकै पवित्र तीर्थस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापित मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिले हाल महादेवको मन्दिर, लक्ष्मीनारायण मन्दिर, वृद्धाश्रम लगायतका भौतिक संरचनाहरु निर्माण गर्नुका साथै शवदाह स्थल र यसको व्यवस्थापन गर्दै आइरहेको छ ।
महायज्ञको माध्यमबाट यस स्थललाई पवित्र तीर्थस्थलको रुपमा परिचित गराउँदै यसको महिमाको बारेमा प्रचारप्रसार गरिने र स्तरोन्नती गरिने महायज्ञ मूल समारोह समितिका अध्यक्ष अयोध्याप्रसाद श्रीवास्तवले बताउनुभयो ।
साथै उहाँले हामी धर्म कर्मका लागि भारतका विभिन्न स्थलहरुमा गएर हजारौँ खर्च गर्न सक्दछौँ भने यहीँबाट बहने पवित्र सरयूको तटम बसेर आनन्दित भई भागवत ज्ञान श्रवण गरी हामी र हाम्रो परिवारलाइ संस्कारित बनाउने कार्यमा जुट्नका लागि सम्पूर्ण बर्दियाबासी भक्तजनहरुमा आह्वान गर्नुभयो ।
 साथै समाजसेवी प्रवुद्ध व्यक्तित्व खेमराज गौतमले यस कार्यमा सबैको सहभागिता र सहयोगको अपेक्षा गर्दै आ–आफ्नो तर्फबाट सकेको योगदान गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा मुक्तिनारायण भादा घाट व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, जेष्ठ नागरिक समाजका अध्यक्ष टुकराज घिमिरे लगायतले आ–आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।
गुलरियाको शान्तिटोलस्थित वेदव्यास बाटिकाको परिसरमा आयोजित आजको कार्यक्रममा जिल्लाका कालिका, सानोश्रीताराताल, ढोढरी, भुरीगाउँ लगायतका स्थानहरुबाट विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट