मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु"/>
२०८३, २० जेष्ठ बुधबार
नवलपुर - NWL

परासीमा भण्डारीको प्रेरणापुर्ण प्रशिक्षण

२०७३, ५ भाद्र आईतवार ०३:०७

मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्राज्ञिक विद्यार्थि परिषद नेपाल नवलपरासी साखाले शनिबार परासीमा आयोजना गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । 


कार्यक्रममा परासी क्षेत्रका परासी क्याम्पस , आदर्श उच्च मावि , पवन उच्च मावि र सयपत्रि उच्च माविमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहेको थियो । परासी क्याम्पसका प्राचार्य सुमन गोपाल आचार्यको प्रमुुख आतिथ्य तथा परासी क्याम्पस कक्षा ११ मा अध्ययनरत अर्चना यादवको अध्यक्षतामा सम्पन्न तालिममा परिषदका साधारण सदस्य रोजेश भण्डारी प्रमुख प्रशिक्षण का रुपमा रह्नु भएको थियो । 


भण्डारी भारतको बैंग्लौरमा १० वर्ष उच्च शिक्षाको अध्ययन सहित भारत र नेपालका कलेजका विद्यार्थिहरुमा संयौ उत्प्रेरणादायि तथा नेतृत्व विकासका तालिम सञ्चालन गर्दै आउनु भएको छ । कार्यक्रममा प्राज्ञिक विद्यार्थि परिषद का राष्ट्रिय उपाध्यक्ष विनय पाण्डे , परिषदका जिल्ला संग्ठन सचिव चन्द्र शेखर जोशि , नगर संग्ठन सचिव कृश्ण शाह कानु लगायतले विद्यार्थिहरुलाई क्षमतावान तथा नेतृत्वकर्ता विद्यार्थि बनाउने र गैर राजनितिक  संग्ठन भएकाले परिषदमा सहभागि हुनका लागि विद्यार्थिहरुलाई आह्वान गर्नु भएको थियो । 


परासी क्षेत्रका विभिन्न क्याम्पस गरि ६० जना विद्यार्थिहरुको सहभागिता रहेको उक्त तालिमको सञ्चालन परासी क्याम्पसका विद्यार्थि मोहम्मद ईजहार शेषले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै