धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ ।

मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसुनी बर्षा बढी हुने आकँलन गरिएको हो ।

बिगत ५ बर्षको तथ्याङ्क हेर्दा सन २०१२ मा १३ सय मिलिमिटर, २०१३ मा १२ सय मिलिमिटर, २०१४ मा ११ सय ९ मिलिमिटर, २०१५ मा १ हजार १२ मिलिमिटर र २०१६ मा ९ सय ६७.९ मिलिमिटर बर्षा भएको हो ।

साधरणतया जुन देखि सेप्टेम्बरको चार महिना सम्मको समय मनसुनको अवधि भएको र मनसुनको समय अझै २ महिना बाकिँ रहेकाले मनसुनी बर्षा बिगत ५ बर्षको तुलनामा यो बर्ष बढी हुने फिल्ड कार्यालय डडेल्धुराका नायव मौसम बिज्ञान सहायक श्याम बहादुर सुनारले जानकारी दिएका छन ।

August 21, 2016
डडेलधुरा - DDL, समाज
डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने
By kit
2 मिनेट पढाइ