2026-06-17 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

तीन करोडको लागतमा झोलुङ्गे पुल निर्माण सुरु

2016-08-22

भदौ ६, म्याग्दी । म्याग्दीको बेगखोलामा रु तीन करोडभन्दा बढीको लागतमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

जिल्ला विकास समितिमार्फत बेग ५ र ७ नम्बर वडाको सीमा क्षेत्रमा रहेको बेगखोला माथि रु तीन करोड २२ लाख नौ हजार ५५२ को लागतमा ३६५.८ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको हो ।

एक सय मिटरभन्दा बढी उचाइ रहने यो पुल निर्माण भएपछि म्याग्दीको कालीगण्डकी भेगका १० गाविसका तीन हजार ५०० घरधुरी लाभान्वित हुने स्थानीय विकास अधिकारी चिरञ्जस्वी पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एलएसटिबी प्रविधिको यो पुल २०७४ जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तीन घन्टाको घुमाउरो बाटो पुल बनेपछि ३० मिनेटमा छोटिने उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनले बताउनुभयो । बेग र बादुकका बासिन्दालाई आवतजावत गर्न भिर, जङ्गल र खोल्साखाल्सी भएको बाटोमा तीन घन्टा पैदल हिँड्नुपर्ने समस्या रहेको छ ।

पुल निर्माणपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुनुका साथै बेगखोला पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ