सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेक"/>
२०८३, ३ जेष्ठ आईतवार
बझाङ्ग - BJN

बाढीको उच्च जोखिममा सदरमुकाम चैनपुर

२०७३, ६ भाद्र सोमबार १०:०३

सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेको चैनपुर सानो टापु जस्तै देखिन्छ । 

असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिकाका वडाहरु  जोड्ने झोलुङ्गे पुल बगायो । पुल नजिकै रहेका ५ वटा घर पसल पनि बगाए पछि त्यहा“ आसपासका केही घरहरुमा मानिसले बसोबास गर्न छोडिसकेका छन । 

बाढीका कारण बाहुलीगाड खोलाले धार परिवर्तन गरी सदरमुकामको दक्षिणी कुनो शिबालय क्षेत्र तिर कटान सुरु गरे पछि सदरमुकामबासीहरु बढी खतराको महसुस गर्न थालेका छन । 

सदरमुकाम चैनपुर सुदुरका पहाडी जिल्लाहरुमा सबै भन्दा मिलेको र सुन्दर सदरमुकामको रुपमा परिचित छ । तर यि दुइ नदीको  कारण यहा“को जमिन कटान सुरु भए पछि सदरमुकाम बग्ने डरले स्थानियहरु चिन्तित भएका छन । 

बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो सधै चैनपुरबासी त्रसित हुने गरेको स्थानिय बिकास रायले बताए । तत्काल आरसीसी तटबन्धन नहुँने हो भने यसले ठुलो क्षति निम्त्याउने उनको भनाइ छ । 

बाहुली गाडको कटान बढ्दै जा“दा सदरमुकामको पुर्वी भाग भइ बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाड एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा रहेको छ । 

सदरमुकामको जोखिम नियन्त्रण गर्नका सर्वदलिय बैठक बोलाई सरोकारवालाहरु सँग छलफल भइरहेको स्थानिय विकास अधिकारी प्रेमराज गिरीले बताए । 

सदरमुकाममा कटानको जोखिम बढदै गएको भए पनि यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदेखाएको भन्दै सदरमुकामबासीले स्वतस्र्फुत सदरमुकाम बचाउ अभियानको सुरुवात गरेका छन । 

बाहुलीगाड क्षति न्युनिकरण तथा सदरमुकाम बचाउन अभियान २०७३ नाम दिइएको स्थानियहरुको दवाब समुहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै तुरुन्त नियन्त्रणको प्रयास गर्न माग गर्दै धर्ना समेत दिएको थियो । 

जिल्ला प्रशासन कार्यालयले यस बारेमा प्रधानमन्त्री कार्यालय तथा केन्द्रका अन्य निकायमा जानकारी समेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई नदी कटानले भएको क्षति, सम्भावित जोखिम क्षेत्रबारे प्राविधिकलाई १५ दिन भित्र प्रतिवेदन बुझाउनका लागी निर्देशन समेत दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट