Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देउखुरीको गढवामा गोली हानी दुई जनाको हत्या

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् ।

गढवा ५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार गोलिलागि गम्भिर घाईते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा वाटोमै मृत्यु भएको थियो भने अर्का घाईते राजु रोकाको उपचारका क्रममा सोमवार विहानै मृत्यु भएको हो ।

गएराति खबरी नाकामा तीजको मेला लागेको थियो । मेलामा पुगेका रोका द्धयलाई पुनले पुरानो रिसिवि साँध्न गोलि हानेको एसपी सिंहले बताए । एसपी सिंहले भने ‘ पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो , उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ, जव रोकाद्धय मोटरसाईकमा चढे लगतै उसले गोलि हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोलि लागेको पाईएको छ ।’

एसपी सिंहले पुन र रोकाद्धयका विचमा पहिले देखि नै मनमुटाव रहेको र उसले रिसिवि साँध्न योजनावद्ध तरिकाले आक्रमण गरेको बताए । साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्धय मोटरसाईकलमा चढ्ने वित्तिकै गोलि हानेको खुल्न आएको प्रहरीले बताएको छ ।

मृतक राजु रोकाको शव अहिले प्राथमिक श्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टमका लागि राखिएको छ । गोलि हाल्ने कर्णबहादुर पुन भने फरार रहेका प्रहरीले बताएको छ । पुन भागेर कतै जान नपाउन भनेर सबैनाका सिल गरिएको पनि एसपी सिंहले जानकारी दिए ।