बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस ११, काठमाडौँ |</b> बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा रहेको पाइएको छ ।&nbsp; पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका हुन् ।&nbsp;<br></p><p>जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३&nbsp; बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ घटना घटेका थिए ।&nbsp;</p><p>अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मानवअधिकार वर्ष पुस्तक २०२२ समावेश गर्नका लागि सङ्कलित तथ्याङ्क अनुसार यो वर्ष ६० वटा मानव अधिकारसम्बन्धी घटना घटेको र तीमध्ये २३ महिला बलात्कार तथा यौन हिंसामा परेको इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले बताउनुभयो । उहाँका अनुसार घरेलु हिंसामासमेत २५ घटना भएको र तीमध्ये अधिकांश महिला रहेका छन् । उहाँले मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक बागलुङले सन् २०२१ जनवरी देखि नोभेम्बरसम्म लेखन गरेका ६० वटा मानव अधिकारसम्बन्धी घटनामाथि छलफल गरिएको जानकारी दिनुभयो ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply