2026-09-12 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा सत्र दिनदेखि बेपत्ता बालक मृत फेला

पुस १४, पर्बत | विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४ गते  दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए । 

फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो । “बोल्न सकेको भए खोजीमा जाने व्यक्तिले पत्ता लगाउन सहज हुन्थ्यो”, बुढाथोकीले भन्नुभयो, “बोल्न नसकेपछि कतै झाडीमा अल्झिएर यत्तिकै बेपत्ता भएपछि जङ्गली जनावरले फेला पारेको हुनुपर्छ ।” 

जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा शव फेला पारेको उहाँले बताउनुभयो । बालक रात्माटा र दराकको बीचमा पर्ने खोपी भन्ने स्थानमा मृत भेटिएका हुन् । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन